हिमनदी सम्बन्धी बस्तुगत प्रश्नोत्तर

 हिमक्षेत्रमा निरन्तररूपम हिउँ थुप्रिँदै जानाले माथिको हिउँको दवावका कारण तल्लो तहको हिउँ चिप्लेर बग्ने (घस्रने) हिउँलाई के भनिन्छ ? - हिमनदी (Glacier)§
 नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ? - लाङटाङ §
 नेपालको सबैभन्दा ठूलो हिमनदी लाङटाङको लम्बाइ कति छ ? - २० कि.मि§
 नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?  - खुम्बु हिमनदी§
 नेपालको सबैभन्दा लामो हिमनदी खुम्बुको लम्बाइ कति रहेको छ ? - ३२ कि.मि.§
 नेपालका मुख्य हिमनदीहरू कुन कुन हुन् ? - लाङटाङखुम्बुयालुङहन्कुनगुम्पानोप्चुटुक्चे आदि§

नेपालको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर – 

•  बरावर क्षेत्रफल भएका नेपालका दुई अञ्चल कोशी र जनकपुरको क्षेत्रफल कति छ ? – ९६६९ वर्ग कि.मि.
•  वराबर क्षेत्रफल भएका अञ्चल कोशी र जनकपुरको क्षेत्रफल  कति छ ? – ६६९ व.कि.मि.
•  नेपालमा रहेका ७५ जिल्लाहरू मध्ये अञ्चल सीमाना मात्र नछुने जिल्लाहरूमा तलको कुन पर्दैन ? – रसुवा
•  नेपालको कान्छो अञ्चल कुन हो ? – राप्ती अञ्चल

•  क्षेत्रफलको आधारमा नेपालका १४ अञ्चल मध्ये सबैभन्दा ठूलो कर्णालीको क्षेत्रफल कति छ ? – २१३५१ वर्ग कि.मि.
•  क्षेत्रफलको आधारमा ५ साना अञ्चलहरूको क्रम मिलाउनुहोस । –  महाकाली,  धवलागिरी,  मेची,  नारायणी,  लुम्विनी
•  क्षेत्रफलका आधारमा सबैभन्दा ठूला ५ अञ्चलहरू कुन कुन हुन् ? – कर्णाली,  सेती,  गण्डकी,  सगरमाथा र भेरी
•  ५ र ६ वटा जिल्ला हुने अञ्चल कति ओटा रहेको छन् ? – 
•  क्षेत्रफलका आधारमा ५ ठूला जिल्लाहरू कुन हुन् ? – डोल्पा,  हुम्ला,  ताप्लेजुङ्ग,  गोरखा  र मुस्ताङ्ग
•  क्षेत्रफलका आधारमा ५ साना जिल्लाहरू कुन हुन् ? – भक्तपुर,  ललितपुर,  काठमाडौं,  पर्वत  र तेह्रथुम
•  सुर्खेत जिल्लाको पुरानो नाम गोदामचौर हो भने राप्ती अञ्चलको पुरानो नाम के हो ? – स्वर्गद्वारी
•  नेपालको कान्छो जिल्लाको रूपमा चिनिने कालीकोटलार्ई पहिले तिब्रिकोट भन्ने गरिएकोमा कहिलेदेखि 
  कालिकोट भन्न थालियो ? – वि.सं. २०३२ मंसिर २६
•  ऐतिहासिक महत्व राख्ने सिम्रौनगढ कुन जिल्लामा पर्छ ? – बारा
•  सिद्धिचरण नगरपालिका कुन जिल्लामा पर्दछ  ? – ओखलढुङ्गा
•  भक्तपुर भन्दा क्षेत्रफलको हिसाबले डोल्पा जिल्ला कति गुणा ठूलोछ ? – ६६ गुणा
•  बराबर क्षेत्रफल भएका एक जोडा जिल्ला रामेछाप र तनहुँ हुन् भने अर्को एक जोडा कुन हुन ? – डोटी र वर्दिया
•  नेपालको सबैभन्दा उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो ? – हुम्लाको सिमिकोट
•  हुम्लाको सिमिकोट कति मिटरको उचाइमा छ ? – २९४६ मि
•  उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ्ग
•  जिल्ला सीमाना मध्ये सबैभन्दा बढी,  नदीनालले सीमाना छुट्याएको जिल्ला कुन हो ? – कैलाली
•  विश्वकै उच्चस्थानमा रहेको वस्ती छार्काभोट र तरापवस्ती कुन जिल्लामा पर्दछन ? – डोल्पा
•  क्षेत्रफलका आधारमा नेपालको सवैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ? – ११९ वर्ग कि.मि.
•  नेपालको मरूभूमी भन्नाले कुन जिल्लालार्ई चिनिन्छ ? – मुस्ताङ्ग    
•  नेपालको चार कुनामा परेका जिल्लाहरू कुनकुन हुन् ? – दार्चुला,  कञ्चनपुर,  झापा,  ताप्लेजुङ्ग
•  “बाह्र वण्ड अठार खण्ड” भनेर कुन ठाउँलाई चिनिन्छ ? – अछाम जिल्लाको रामारेसन
•  दानासांगु कहाँ पर्छ ? – जुम्ला 
•  पर्वत जिल्लाको पुरानो नाम के हो ? – कुसुम पुरी 
•  व्यवसायिक रूपमा टिम्बुर खेती गरिने जिल्ला कुन हो ? – म्याग्दी 
•  जाजुरा दह कुन जिल्लामा पर्दछ ? – सुर्खेत 
•  लेगुवाखोला जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ ? –  धनकुटा