नेपालको भौतिक,आर्थिक र सामाजिक भूगोल सम्बन्धी बिबिध बस्तुगत प्रश्नोत्तर – ३


काँसबाट वनाइएको विश्वको सबैभन्दा ठूलो मूर्ति कहाँ छ ?  – हङकङ
नेपालबाट सबभन्दा नजिकमा पर्ने तिब्बतको शेरावस्ती नेपालको कुन जिल्लाबाट नजिक पर्छ ?  – हुम्ला
गणेश गुफा कहाँ पर्दछ ?  – कालिकोट
नेपालको ताजमहलको नामले चिनिने पाल्पाको रानीमहल खड्ग शम्शेरले कुन रानीको सम्झनामा वनाएका थिए ?  – तेजकुमारी
भारतको कुन ठाउँमा वी.पी. मार्ग छ ?  – पटना
दुर्गेश्वर (खिदिम) र विचित्रगुफा कुनकुन जिल्लामा पर्दछन ?  – अर्घाखाँची र गुल्मी
नेपालमा कति प्रकारका गुराँसहरू पाइन्छन ?  – ३२ प्रकारका
नेपालमा हालसम्म युरेनियम कहाँ पाइएको छ ? – चमेलिया नदीको किनारमा
फेवातालको पुरानो नाम के हो ?  – बैदाम ताल

राप्ती शान्ति उद्यान कहाँ पर्दछ ?  – दाङ जिल्लाको तुलसिपुरमा
भारतजस्तै स्वरूप भएको जिल्ला कुन हो ?  – सङ्खुवासभा
– One Pillar Bridge भन्नाले नेपालको कुन नदीमा निर्मित पुललार्ई भनिन्छ ?  – कर्णाली
नेपालमा मात्र पाइने चरा कुन हो ? – काँडे भ्याकुर 
नेपाल प्रवेश गर्ने प्रमुख नाका गड्डा चौकी कुन जिल्लामा पर्दछ ?  – कञ्चनपुर

काठमाडौंबाट सबभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ?  – सिन्धुपाल्चोक
सिद्धार्थ पोखरी रूपन्देहीमा पर्दछ भने सिद्धपोखरी कहाँ पर्छ ?  – भक्तपुर
सुगन्ध विहार कहाँ पर्दछ ?  – गुल्मी
नेपालमा कहिले प्राकृतिक तथा सांस्कृतिक स्रोत संरक्षण परिषदको स्थापना भएको थियो ? – सन् १९९० 
सबै गा.वि.स.हरूमा मोटरबाटो पुगेको एकमात्र पहाडी जिल्ला कुन हो ? – अर्घाखाँची
नौका विहार कहाँ पर्दछ ?  – लुम्विनी
पोखराको लुम्लेपछि बढी पानी पर्ने ठाउँ कुन हो ?  – सङ्खुवासभा
नेपालको एग बास्केट (Egg Basket) भनेर कुन जिल्लालार्ई बझिन्छ ? – चितवन
भूत कुवा कुन जिल्लामा पर्दछ ?  – रूपन्देही
भारतबाट दुई जिल्लालार्ई मात्र छोएर तिब्बत पुग्न सकिने जिल्लाहरू कुनकुन हुन ?  चितवन र धादिङ्ग
स्याङ्गजा जिल्लाको पुरानो सदरमुकाम कुन थियो ?  – नुवाकोट
बुढानिलकण्ठ,  कुन पहाडको फेदमा छ ? –  शिवपुरी
काठमाडौं चेरापुञ्जीको नामले कुन ठाउँलार्ई चिनिन्छ ?  – गोदावरी (ललितपुर)
स्याउको लागि प्रसिद्ध ठाउँ हेलम्बु कुन जिल्लामा पर्दछ ?  – सिन्धुपाल्चोक 
– Banded Apollo के सँग सम्बन्धित छ ?  नेपालको १६, ००० फिट उचाइमा पाइने दुर्लभ बुट्टेदार पुतली
नेपालको काश्मिर भनेर कुन जिल्लालार्ई चिनिन्छ ?  – जुम्ला
मेलम्ची खानेपानी आयोजना कुन जिल्लामा पर्दछ ?  – सिन्धुपाल्चोक
एशियाको सबैभन्दा ठूलो प्रवेशद्वार कहाँ छ र यसको उचाइ कति छ ?  
नेपालको जनकपुरमा,  उचाइ ७५ फिट
नेपालको पहिलो नमूना ग्रामीण पर्यटकस्थल कुन जिल्लामा रहेको छ स्याङ्गजा जिल्ला
नेपालको पहिलो ग्रामीण सूचना केन्द्र कहाँ स्थापना गरिएको छ ? – पर्वत जिल्ला
उग्रतारा मन्दिर कुन जिल्लामा पर्दछ ?  – डडेल्धुरा
काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाको कति वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ ? – ५१.३ कि.मि.
गडेस मदर अफ द वल्र्ड भन्नाले केलार्ई वुझिन्छ ? – सगरमाथा
मकवानपुरको पुरानो नाम के हो ?  – माकन्दपुर
नेपालको प्रथम दुध प्रशोधन केन्द्र (Milk Processing Center) कहाँ थियो ? – वनेपा
गोग्राहा बजार नेपालको कुन चर्चित सहरको पुरानो नाम हो ?  – विराटनगर
नेपालबाट तिब्बतको ल्हासासम्मको दूरी कति छ ?  – ८४० कि.मि. 
बाल्मीकि नगरको पुरानो नाम के थियो ? – भैसालोटन
रारा तालबाट निस्केको खोलालार्ई के भनिन्छ ? – खत्याड खोला 
नेपाल र चीन सीमानाको सबैभन्दा नजिकको वस्ती कुन हो ?  – शेरावस्ती
घटिगाड कुन जिल्लामा पर्दछ ?  – बैतडी 
नेपालको सबभन्दा उत्तरी भागसम्म पुगेको जिल्ला कुन हो ?  – हुम्ला

हावापानी सम्बन्धी विविध वस्तुगत जानकारी

एशियाको चेरापूँन्जी भनेर लुम्ले (कास्की)लाई चिनिन्छ ।
नेपालमा मनसुनको प्रवेश वंगालको खाडीबाट हुन्छ ।
एउटै अक्षांश रेखामा पर्ने भएतापनि नेपालगंज र नाम्चे बजारमा फरक फरक हावापानी पाइन्छ । (उचाइको कारणले)
 नेपालमा सबैभन्दा बढी जाडो हुने ठाउँ मुस्ताङ्ग हो ।
नेपालमा सबैभन्दा बढी गर्मि हुने ठाउँ बर्दिया हो ।नेपालमा सबैभन्दा बढी वर्षा हुने स्थान लुम्ले (कास्की) हो ।