नेपालको सिमाना सम्बन्धी बस्तुगत प्रश्नोत्तर


नेपालको पूर्वपश्चिम र दक्षिणी सीमानामा के पर्दछ ? - भारतको ५ वटा प्रान्तहरू
नेपालका उत्तरतर्फ के पर्दछ ? - चीनको स्वशासित प्रदेश तिब्बत 
नेपालको सबैभन्दा उत्तरी बिन्दु कुन हो ? - हुम्लाको चाङ्ला भञ्ज्याङ्ग  
नेपालको सबैभन्दा उत्तरी बिन्दु हुम्लाको चाङ्ला भञ्ज्याङ्ग कति डिग्री अक्षांशमा रहेको छ ? - ३०डिग्री २७ मिनेट उत्तरी अक्षांशमा
नेपालको सबैभन्दा पूर्वी बिन्दु कुन हो ? - ताप्लेजुङ्ग  
 नेपालको सबैभन्दा पूर्वी बिन्दु कति डिग्री देशान्तरमा रहेको छ ? - ८८डिग्री १२ मिनेट पूर्वी देशान्तरमा
 नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन हो ? - झापा (लोदावरी)
नेपालको सबैभन्दा दक्षिणी विन्दु झापा (लोदावरी) कति डिग्री अक्षांशमा रहेको छ ? - २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशमा

नेपालको पश्चिमी बिन्दु कुन हो ? - कञ्चनपुरको दोधारा 
नेपालको पश्चिमी बिन्दु कञ्चनपुरको दोधारा कति डिग्री देशान्तरमा रहेको छ ? - ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरमा
 नेपालको क्षेत्रफल १, ४७, १८१ बर्ग कि.मि. मध्ये स्थल र जल क्षेत्र कति रहेको छ ? - क्रमश : ९३ प्रतिशत र ७ प्रतिशत
 भारतीय गृह मन्त्रालयको रेकर्डमा नेपाल भारत सीमाना कति भएको उल्लेख गरिएको छ ? - ,७५१ कि.मि.
नेपालको पूर्वपश्चिम र दक्षिणी सीमानामा पर्ने भारतको ५ वटा प्रान्तहरू कुन कुन हुन् ? - उत्तराञ्चल,  उत्तर प्रदेश,  बिहार,  सिक्किम र पश्चिम बंगाल
 चीनसँग सीमाना जोडिएका जिल्लाहरू कतिवटा छन ? - १५
  नेपालबाट चीन र भारत पछि तेस्रो नजिक पर्ने राष्ट्र« बंगालादेश कति कि.मि. टाढा रहेको छ ? - २७ कि.मि.
  भारतसँग सीमाना जोडिएका जिल्ला कति छन ? - २६
नेपालले भारत र चीन दुबैलार्ई छुने दुई जिल्लाहरू मध्ये एक ताप्लेजुङ्ग हो भने अर्को जिल्ला कुन हो ? - दार्चुला 
नेपालको पूर्वी भागमा भारतको कुन प्रदेश पर्दछ ? - पश्चिम बङ्गाल 
 नेपालको दक्षिणमा भारतको कुन प्रदेश पर्दछ ? - बिहार
नेपालका कतिवटा जिल्लाले भारतलार्ई मात्र छुन्छन ? - २४ वटा
नेपालका कतिवटा जिल्लाले चीनलार्ई मात्र छोएका छन ? - १३ वटा
भारत र चीन दुवैलार्ई छुने जिल्ला कति वटा छन ? - २ वटा
नेपालका कतिवटा अञ्चलले भारत र चीन दुवैलार्ई छोएका छन ? - ६ वटा
नेपालका भारत र चीन दुवैलार्ई छुने अञ्चलहरु कुन कुन हुन् ? - सेती,  जनकपुर,  महाकाली,  मेची,  सगरमाथा र कोशी                
नेपालका कतिवटा अञ्चलले भारतलार्ई मात्र छुन्छ ? - ४ वटा
 नेपालका भारतलार्ई मात्र छुने अञ्चलहरु कुन कुन हुन् ? - भेरी राप्ती,  लुम्बिनी र नारायणी            
नेपालका कतिवटा अञ्चलले चीनलार्ई मात्र छुन्छ ? - ४ वटा
नेपालका चीनलार्ई मात्र छुने अञ्चलहरु कुन कुन हुन् ? - बागमती,  गण्डकी,  धौलागिरी र कर्णाली
 नेपालको ७५ जिल्लाहरू मध्ये अन्र्तराष्ट्रिय सीमा (चीन र भारत) नछुने जिल्ला कति वटा छन ? - ३६ वटा
नेपालको सीमा जोडिएका मुलुक भारत र चीन बाहेक नजिकको पहिलो मुलुक बंगलादेश हो भने दोस्रो नजिकको मूलुक कुन हो ? - भुटान
समुद्र्र क्षेत्रबाट नेपालको दुरी माइलमा ७०० माइल छ भने कि.मि. मा कति छ ? - ,१२६ कि.मि.
नेपालको हालको क्षेत्रफल कायम हुने गरी चीनसँग कहिले सम्झौता भएको थियो ? - वि.सं.२०३६ सालमा    
नेपालको पूर्व र पश्चिमी सीमानामा कुन कुन नदी छन् ? - मेची र माहाकाली