3 min Reading
– नेपालमा विशेषत कस्तो किसिमको हावापानी पाइन्छ ? - मनसुनी हावापानी
– नेपालको
हावापानीलाई प्रभाव पार्ने प्रमुख तत्व के हो ?
- धरातलीय उचाइ
– नेपालमा
पाइने हावापानीलाई कति भागमा वर्गीकरण गरिएको छ ?
- ५
– नेपालमा
पाइने ५ किसिमका हावापानी मध्ये १)उष्ण मनसुनी हावापानी २)न्यानो समशीतोष्ण
हावापानी ३) ठण्डा समशीतोष्ण हावापानी ४)लेकाली हावापानी हो भने पाँचौ कुन हो ? - हिमाली हावापानी
– समुद्र
सतहदेखि करिव १२०० मिटर उचार्र्ईसम्मका क्षेत्रहरू तराई, भावर, दुन
र चुरे पर्वतको फेदतिर पाइने हावापानीलाई कस्तो किसिमको हावापानी भनिन्छ ? - उष्ण मनसुनी हावापानी
– उष्ण
मनसुनी हावापानी क्षेत्रको सरदर तापक्रम गर्मी याममा १५-४० डिग्री से.सम्म हुन्छ
भने शीतकालमा कति हुन्छ ? - १५-५
डिग्री से.सम्म
– उष्ण
मनसुनी हावापानीको क्षेत्रमा सरदर कतिसम्म वर्षा हुन्छ ? - २०० सेन्टिमिटर
– उष्ण
मनसुनी हावापानी पाइने मुख्य ठाउँहरु कुन कुन हुन् ?
- बर्दिया, नेपालगन्ज, कैलाली, भैरहवा, विराटनगर, बुटवल
– १२००
मिटरदेखि २१०० मिटरसम्मको उचार्ईमा पाइने हावापानीलाई कस्तो किसिमको हावापानी
भनिन्छ ? - न्यानो
समशीतोष्ण हावापानी
– न्यानो
समशीतोष्ण हावापानी पाइने क्षेत्रको तापक्रम कस्तो हुन्छ ? - गृष्म ऋतुमा २४-३० डिग्री से.सम्म र हिउँदमा ०
डिग्री से.सम्म
– न्यानो
समशीतोष्ण हावापानीको क्षेत्रमा सरदर कतिसम्म वर्षा हुन्छ ? - १२५ सेन्टिमिटरसम्म
– महाभारत
पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा २१००-३३०० मिटरसम्मको उचार्ईमा पाइने
हावापानी कस्तो किसिमको हावापानी हो ?
- ठण्डा समशीतोष्ण हावापानी
ठण्डा समशीतोष्ण हावापानी पाइने क्षेत्रको तापक्रम
कस्तो हुन्छ ? - १५-२०
डिग्री सेल्सियस र जाडोमा ० डिग्री से. भन्दा तल
– ठण्डा
समशीतोष्ण हावापानीको क्षेत्रमा सरदर कतिसम्म वर्षा हुन्छ ? - १०० सेन्टिमिटरसम्म
– ३३००
मिटरदेखि ५००० मिटर उचार्ईसम्मको हिमाली क्षेत्रको शुष्क ठण्डा हावापानीलाई कस्तो
हावापानी भनिन्छ ? - लेकाली
हावापानी
– समुन्द्र
सतहबाट ५००० मिटरभन्दा माथिको उचार्ईंमा रहेको उच्च हिमाली क्षेत्रमा पाइने
हावापानीलाई कस्तो हावापानी भनिन्छ ?
- टुण्ड्रा हावापानी
– कुन
हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि भनिन्छ ?
- टुण्ड्रा हावापानी
– तापक्रम
० डिग्री सेल्सियसभन्दा कम र वर्षाको रूपमा हिउँनै वर्षने हावापानी कुन हो ? - टुण्ड्रा हावापानी
– नेपालको
चेरापूँजी भनेर कुन ठाउँलाई चिनिन्छ ?
- लुम्ले (कास्की)
– नेपालमा
मनसुनको प्रवेश कहाँबाट हुन्छ ? - वंगालको
खाडी
– एउटै
अक्षांश रेखामा पर्ने भएतापनि नेपालगंज र नाम्चे बजारमा ............हावापानी
पाइन्छ । - फरक फरक
– नेपालमा
सबैभन्दा बढी जाडो हुने ठाउँ कुन हो ?
- मुस्ताङ्ग
– नेपालमा
सबैभन्दा बढी गर्मि हुने ठाउँ कुन हो ?
- नेपालगञ्ज
– नेपालमा
सबैभन्दा बढी वर्षा हुने स्थान कुन हो ?
- लुम्ले कास्की
– काठमाडौ
उपत्यकामा पाइने हावापानीलाई कुन वर्गीकरणमा राखिन्छ ? - शितोष्ण हावापानी
– नेपालमा
सरदरमा कुन दिनसम्म मनसुनी प्रभाव रहने गर्छ ?
- सेप्टेम्वर २३
– नेपालमा
सरदरमा कति दिनसम्म मनसुनी प्रभाव रहने गर्छ ?
- १०५ दिन
– हावापानीको
आधारमा नेपालमा ऋतुहरूको विभाजन कति भागमा गरिएको छ ? - ६
– ६
वटा ऋतुहरू कुन कुन हुन् ? - वसन्त
ऋतु, ग्रीष्म
ऋतु, वर्षा
ऋतु, शरद
ऋतु, हेमन्त
ऋतु र शिशिर ऋतु
नेपालको भूगोल