1 min Reading
उत्तरी धु्रवमा फैलिएको महासागर गोलाकार
आकृतिमा फैलिएको छ जसको क्षेत्रफल १,४०,५६,००० वर्ग कि.मि. रहेको छ । यस महासागरको
आधा भन्दा बढी भाग हिउँको ढाकेको छ र औसत गहिराई १८०० मिटर रहेको छ । यस महासागरको
सबैभन्दा गहिरो स्थान मोलीद्वीप ५६०८ मिटर गहिरो छ । यसले कुल जलमण्डलको ४ प्रतिशत
हिस्सा ओगटेको छ । यस महासागरको सबैभन्दा गहिरो भाग मोली दिप (Molly Deep) हो
।
सुमेरु महासागर सम्बन्धी बस्तुगत प्रश्नोत्तर
– सबैभन्दा
सानो महासागर कुन हो ? - सुमेरु
महासागर
– सुमेरु
महासागरको क्षेत्रफल कति रहेको छ ?
- १ करोड ४० लाख ५६ हजार वर्ग कि.मि.
– सुमेरु
महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ? - ४ प्रतिशत
– उत्तर
ध्रुवीय महासागरका उपनामले चिनिने सुमेरु महासगर कुन आकारको छ ? - वृत्ताकार
– सुमेरु
महासागरले कुन–कुन
राष्ट्र«लार्ई
छुन्छ ? - क्यानडा, डेनमार्क, नर्वे, आयरल्याण्ड
– सुमेरु
महासागरको सबभन्दा गहिरो स्थान कुन हो ?
- मोली द्वीप
– चिसोपानीका
महासागर भनेर कुन दुई महासागरलार्ई भन्ने गरिन्छ ?
- कुमेरु, सुमेरु
– सुमेरु
महासागरको औषत गहिराइ १८०० मिटर छ भने यस महासागरको सबैभन्दा गहिरो भाग
मोलीद्वीपको गहिराई कति छ ? - ५,६०८ मिटर
विश्वको भूगोल