लिच्छविकाल सम्बन्धी वस्तुगत प्रश्नोत्तर

नेपालका प्रथम प्रामाणिक राजा को हुन् मानदेव
स्वयंभूको अभिलेखमा नेपालको कुन राजाको वंशक्रम उल्लेख छ मानदेव 
नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहास भेटिएको छ ? मानदेव
नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् मानदेव
मानदेवको पालामा निष्काशन भएको नेपालकै पहिलो मुद्रा मानांङ्क कुन धातुको हो ? तामा
मल्लपुरी कसले विजय गरेका थिए मानदेव

मानगृह कसले निर्माण गरेका थिए ? मानदेव
नाग र वासुकीको पूजा गर्ने चलन कसले चलाएका हुन् मानदेव 
मानाङ्क र भोगिनी अंकित मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् मानदेव
मानदेवले कति वर्ष शासन गरेका थिए ? ४१ वर्ष
गुमेको पैत्रिक राज्यमा अधिकार जमाउने लिच्छवी राजा को हुन् नरेन्द्रदेव
लिच्छवीकालमा धातुको मूर्ति बनाउने ठाउँलार्ई के भनिन्थ्यो ? ताम्रकुट्टशाला
लिच्छवीकालमा कुन भाषा प्रचलित थियो संस्कृत
लिच्छवीकालमा कुन लिपी प्रचलित थियो ब्राम्ही लिपी
लिच्छवीकालमा व्यापारिक नेतालार्ई के भनिन्थ्यो सार्थवाह
 लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? दण्डनायक (लो.से.आ. २०७२)
लिच्छवीकालमा मानगृह मानदेवले, कैलाशकुट भवन अंशुवर्माले, भद्राधिवास नरेन्द्रदेवले निर्माण गर्न लगाए भने चाँगुनारायणको मन्दिर कसले निर्माण गर्न लगाए मानदेव
राजा मानदेवको शासन अवधि कहिलेदेखि कहिलेसम्म रह्यो वि.सं. ५२१५६२
विजयजात्राको प्रचलन कसले चलाए ? मानदेव
मानदेवका पिताको नाम के थियो धर्मदेव
नेपालमा गुप्त सम्वत कसले चलाएका थिए ? अंशुवर्मा 
शब्द विद्या ग्रन्थको रचना कसले गरेका थिए अंशुवर्मा 
पण र पूराण नामक मुद्रा चलन चल्तीमा ल्याउने राजा को हुन् नरेन्द्रदेव 
स्रिमौनगढ अर्थात डोय राज्यको पतन वि.सं. १३८४ मा भएको हो भने उक्त राज्य पतन हुँदा को राजा थिए हरिसिंहदेव
नेपालकी राजकुमारी भृकृटीको विवाह तिब्बतका कुन राजासँग भएको थियो स्रङ्गचङ्ग गम्पो
नेपालको इतिहासमा स्वर्णयुग भनी कुन काललार्ई भनिन्छ लिच्छविकाल
• लिच्छविकालमा मन्त्रीसरहको पदलार्ई के भनिन्थ्यो ? अमात्य (२०६९, लो.से.आ.) 
लिच्छविकालमा शासन व्यवस्थाको सबैभन्दा तल्लो तह कुन थियो ग्राम प्रशासन
लिच्छविकालमा जिल्लालार्ई के मानिन्थ्यो ? विषय
विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरूको व्यवस्था गर्ने कार्य कुन लिच्छवीकालीन अड्डाले गर्दथ्यो ? माप्चोक
लिच्छवीकालमा पञ्च अपराधसम्बन्धी मुद्धा हेर्नेे र दण्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो शुल्ली
लिङ्गवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो लिच्छविकाल
लिच्छवीकालीन व्यवस्थामा मल्ल युद्ध करका नाममा केमा कर लगाइन्थ्यो मनोरञ्जन 
नेपालमा स्थानीय शासनमा जनसहभागिता कुन कालमा रहेको पाइन्छ लिच्छवीकाल
लिच्छवीकालमा लिङवल अड्डाको मुख्य काम के थियो यातायातको व्यवस्थापन गर्नु 
नेपाल सम्वतका प्रवर्तक राजा भन्नाले कसलार्ई चिनिन्छ राघवदेव 
लिच्छवीकालमा कुथेरअड्डाको मुख्य कार्य के थियो राजस्व उठाउने 
लिच्छवीकालीन समयमा लगाइने त्रिकरभित्र कुनकुन कर पर्दछन् भाग, भोग, कर
यातायातको व्यवस्थापन गर्ने कार्य लिच्छवीकालमा कुन अड्डाको हो ? लिङ्वल
पशुपालनमा लाग्ने करलार्ई लिच्छवीकालमा के भनिन्छ ? भोग
लिच्छिवीकालमा व्यापारिक केन्द्रको रूपमा विकसित बस्तीलार्ई के भनिन्थो द्रङ्ग
कान्तिपुर शहरमा बस्ती कसले बसाएका थिए ? गुणकामदेव
कुन समयमा ४ वर्ण र १८ जातको प्रथा विद्यमान थियो लिच्छविकालमा 
लिच्छविकालमा द्रंग भन्नाले के बुझिन्थ्यो व्यापारिक बस्ती
नेपालमा काष्ठकलाको विकासको शुरूवात कुन कालमा भएको थियो लिच्छवीकाल
लिच्छवी शासनको केन्द्र कहाँ थियो गोकर्ण
चाँगुनारायणको शिलास्तम्भमा शाके सम्वत कति उल्लेख गरिएको छ ? ३८६
शुल्ली वा शोल्लले पञ्च अपराध, लिङ्गवलले कुलो पानी तथा यातायात, माप्चोकले विवाह पारपाचुके सम्बन्धी व्यवस्था हेर्दथे भने कुथेर अधिकरणले के हेर्ने गर्दथ्यो राजस्व उठाउने
वर्णाश्रम व्यवस्थामा आधारित लिच्छवीकालीन शासन व्यवस्थामा वैश्यले व्यापार गर्दथे भने शुद्रले के कार्य गर्दथे नगर सफा राख्ने तथा उपल्ला जातिको सेवा गर्ने 
• लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? दण्डनायक (२०७१, लो.से.आ.)
लिच्छवीकालमा जिल्लास्तरीय प्रशासनिक इकाइलार्ई के भनिन्थ्यो ? विषय
लिच्छवीहरू भारतको कुन ठाउँबाट नेपाल प्रवेश गरेका थिए ? वैशाली 
लिच्छवीकालमा जिल्ला प्रमुखलार्ई विषयपती, मन्त्रीलार्ई अमात्य, केन्द्रमा बस्नेलार्ई पौर भनिन्थ्यो भने प्रान्तमा बस्नेलार्ई के भनिन्थ्यो जनपद
लिच्छवीकालमा राजदरबार सम्बन्धी व्यवस्था हेर्ने व्यक्तिलार्ई के भनिन्थ्यो महाप्रतिहार 
लिच्छवीकालमा महासर्वदण्डनायक भनेर कसलार्ई बुझिन्छ प्रधान न्यायाधीश
लिच्छवीकालमा अग्रहार भन्नाले केलार्ई चिनिन्थ्यो शिक्षाको लागि छुट्टयाइएको जग्गा 
लिच्छवीकालमा प्रधानभन्नाले केलार्ई चिनिन्थ्यो ग्राम प्रशासक 
लिच्छवीकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो महासामन्त 
 लिच्छवीकालमा सेनाध्यक्षलार्ई के भनिन्थ्यो ? भट्ट नायक (२०७०, लो.से.आ.)