अक्षांश सम्बन्धी बस्तुगत प्रश्नोत्तर

अक्षांश (Latitude)  भन्नाले के बुझिन्छ ? - भूमध्यरेखासँग समानान्तर हुनेगरी पूर्वपश्चिम खिचिएका काल्पनिक रेखा
डोलड्रम्स (Doldrums)  ले कतिदेखि कति अक्षांशीय भागलार्ई बुझाउँछ ? - ५ डिग्री उत्तरदेखि ५ डिग्री दक्षिणसम्म 
साढे छैसठ्ठी डिग्री उत्तरी अक्षांशलार्ई के भनिन्छ ? - सुमेरु वृत्त
साढे तेइस डिग्री दक्षीणी अक्षांश रेखालार्ई के भनिन्छ ? - मकर रेखा
प्रत्येक दिनको शुरु र अन्त्य कति डिग्री देशान्तरबाट हुन्छ ? - १८० डिग्री 
भूमध्य रेखा कति डिग्रीको अक्षांश रेखा हो ? - ० डिग्री 
साढे छैसठ्ठी डिग्री दक्षिणी अक्षांशलार्ई के भनिन्छ ? - कुमेरु वृत्त
भूमध्य रेखादेखि साढे तेइस डिग्री उत्तरी अक्षांश रेखालार्ई कुन रेखा भनिन्छ ? - कर्कट रेखा
अक्षांश रेखाहरू कतिवटा हुन्छन् ? - १८० वटा (उत्तर तर्फ ९० र दक्षिणतर्फ ९०)
सबभन्दा लामो अक्षांश रेखा कुन हो ? - भूमध्यरेखा 

भू-मध्यरेखादेखि ५ डिग्री उत्तरी अक्षांशदेखि ५ डिग्री दक्षिण अक्षांशसम्मको स्थल क्षेत्रलार्ई हावापानीको हिसावले के भनिन्छ ? - भू मध्यरेखीय न्यून चापपेटी
अक्षांश रेखाहरू कस्तो आकारका हुन्छन् ? - पूर्ण वृत्ताकार
पृथ्वीलाई २ बराबर भागमा विभाजन गर्ने गरी पृथ्वीको मध्य भागमा पूर्वपश्चिम दिशामा खिचिएको काल्पनिक रेखालाई के भनिन्छ ? - भूमध्य रेखा
सबैभन्दा बढी गर्मी कुन अक्षांशमा हुन्छ ?       - ° अक्षांश रेखा-भूमध्य रेखा
उत्तरी र दक्षिणी ध्रुवको २५ डिग्रीदेखि ३५ डिग्री अक्षांशसम्मको बीचको भाग कुन चापपेटीको भाग हो ? - अर्धोष्ण उच्च चापपेटी
उपध्रुवीय निम्न चापपेटी, उत्तरी र दक्षिणी गोलाद्र्घको कतिदेखि कति अक्षांशमा पाइन्छ ? - दुवै गोलाद्र्घको ६० डिग्रीदेखि ७० डिग्री       
अक्षांश र देशान्तर रेखाबाट स्थान परिवर्तन, स्थानहरूको दूरीको अवस्था र के थाहा पाउन सकिन्छ ? - कुनै पनि स्थानको अवस्थिती 
भूमध्य रेखा कति डिग्रीको अक्षांश रेखा हो ? - ० डिग्री
अक्षांश रेखाहरू कति डिग्रीदेखि कति डिग्रीसम्म हुन्छन् ? - ० देखि ९० डिग्रीसम्म 
दुई आक्षांस रेखाबीच कति दूरीको फरक हुन्छ ? - १११ कि.मि.
अक्षांश रेखाहरू कतिकति डिग्रीको फरकमा हुन्छन् ? - साढे एक 
कुनै स्थान भूमध्यरेखाबाट उत्तर वा दक्षिणपट्टि कुन दूरीमा पर्छ भन्ने थाहा केवाट पाइन्छ ? - अक्षांशवाट
विश्व मानचित्रमा सबैभन्दा बढी उचाइमा विविधता कुन अक्षांशीय क्षेत्रमा रहेको छ ?    - २० डिग्री उत्तरी अक्षांशदेखि ५० डिग्री उत्तरी अक्षांशसम्म