लिच्छविकालीन केही प्रमुख राजाहरू

जयदेव प्रथम 
- यिनी नै लिच्छवी वंशका प्रथम राजा भएको मान्यता,
- यिन कै पहलमा लिच्छवी शासनको जग मजबुत भएको मानिन्छ ।

मानदेव 
- मानदेव, राजा धर्मदेव र रानी राज्यवतीका छोरा हुन् । 
- उनले वि.सं. ५२१ खेखि ५६२ सम्म ४१ वर्ष शासन गरेको मानिन्छ । 
- यिनको शासनकालमा भव्य मानगृह राजदरबारको निर्माण भएको थियो भने उनले श्री मानाङ्क र भोगिनी अङ्कित मुद्रा प्रचलनमा ल्याएका थिए ।
- यिनको शासनकालदेखि नेपालको इतिहास स्पष्ट र बढी विश्वसनीय भएकाले मानदेवलाई नेपालका प्रथम प्रमाणिक राजा मान्ने गरिन्छ । 

- मानदेवलाई प्रथम ऐतिहासिक प्रमाणिक राजा भनिनुका कारणहरूः
o मुद्रा चलाउने नेपालको पहिलो शासक
o यिनको समयदेखि नै अभिलेखहरू उपलब्ध भएकोले र परम्परागत ढाँचाका मन्दिर एवम् मूर्तिहरूको निर्माण शुरू भएको प्रमाण समेत पाइएकोले,  
o यिनको समयदेखि नै नेपालको राजनैतिक एवम् सांस्कृतिक इतिहास प्रमाणिक आधारमा शुरू भएकोले । 

अंशुवर्मा 
- अंशुवर्मा राजा शिवदेव प्रथमका भारदार (भान्जा) थिए, कतै ज्वाई पनि भनिएको ।
- इतिहासकारहरूका अनुसार बि.सं. ६६२ देखि वि.सं. ६७८ सम्म १६ वर्ष यिनले शासन गरेका थिए । 
- अंशुवर्माले शैव धर्म मानेता पनि बौद्ध धर्मप्रति पनि आस्था राख्दथे । 
- उनले कलात्मक एवम् भव्य कैलाशकूट भवनको निर्माण, बालकको सालनाल काट्ने चलन, अंशुवर्मा सम्वत र आफ्नो टक छापेका थिए । 
- यिनले महाराजाधिराज तथा महासामान्तको पदवी धारणा गरेका थिए । 
- यिनले वैदेशिक सम्बन्ध दरिलो बनाउन आफ्नी छोरी भृकुटीको विवाह तत्कालीन तिब्बती राजा स्रङचोङ गम्पोसँग गराइदिएका थिए भने भारतका राजा हर्षबर्धनसँग मैत्री सन्धिसमेत गरेका थिए । 
- यिनको शासनकाललाई लिच्छविकालीन नेपालको स्वर्ण युग मानिन्छ । 
- यिनले शब्दविद्या नामक ग्रन्थ रचना गरेको पाइन्छ । 
- यिनले कृषि, पशुपालन, वाणिज्य तथा व्यवसायका साथै परराष्ट्र नीतिमा समेत महत्वपूर्ण कार्यहरू गरेका थिए ।
                                                        
नरेन्द्रदेव 
- नरेन्द्रदेव राजा उदयदेव द्वितीयका छोरा थिए । 
- यिनले परम भट्टारकको उपाधि पाएका थिए । 
- तिब्बतको सहयोगमा जिष्णु गुप्तको सहयोगबाट सञ्चालित शक्ति हातमा लिएका नरेन्द्र देवले वि.सं. ७०२ देखि ७३६ सम्म शासन चलाएका थिए । 
- यिनको पालादेखि नै द्वैध शासनको अन्त्य भएको मानिन्छ । यिनले कलात्मक भद्राधिवास दरबारको निर्माण गरेका थिए । यिनको आसनमा सिंहको आकृतिको प्रयोग भएकाले त्यसपछि राजाको आसन सिंहासनका रूपमा प्रख्यात भएको थियो ।
- यिनले तिब्बत भोटसँग व्यापारिक सम्बन्ध कायम गरेका थिए । 
- बुद्ध धर्मका अनुयायी नरेन्द्रदेवले राज्यमा धार्मिक सहिष्णुता कायम राखेका र सामाजिक अवस्था सुदृढ गरेका कुरा चिनियाँ यात्री वाङ हुयान चे को वृत्तान्तमा उल्लेख छ । 
- लिच्छवी शासकहरूमा मानदेव र अंशुवर्मा पछिका शक्तिशाली शासकका रूपमा नरेन्द्रदेवलाई लिइएको छ ।

गुणकामदेव 

- कान्तिपुर राज्यको स्थापना गुणकामदेवले गरेका हुन् । कान्तिपुर शहर निर्माणमा यिनले १ लाख खर्च गरेको कुरा वंशावलीमा वर्णित छ । यिनले आश्विन शुक्ल पञ्चमीका दिन इन्द्रजात्राको प्रारम्भ, विष्णुमतिको किनारामा करवीर मसानको निर्माण, नवदुर्गा, रक्तकाली, लुमडी देवीको स्थापना, हिलेजात्रा, कृष्ण जात्रा, लाखेजात्रा, श्रृङ्भेरी जात्रा आदि चलाएका थिए । वंशावलीअनुसार गुणकामदेवको शासनकालमा १८०० घर थिए भनिन्छ ।