नेपालको भौतिक,आर्थिक र सामाजिक भूगोल सम्बन्धी बिबिध बस्तुगत प्रश्नोत्तर – ५
नेपालको भूगोल February 09, 2018
4 min Reading
– विश्वकै सबैभन्दा होचो उपत्यका अरूण नेपालको कुन
जिल्लामा अवस्थित छ ? – संखुवासभा
– वोलिभियाको लापाज विश्वकै उच्च स्थानमा रहेको
राजधानी शहर (समुद्र्र सतहदेखि ३, ६५८
मि) हो भने – नेपालको
सबैभन्दा उच्चस्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो ? – हुम्लाको सिमिकोट
– रामेछाप जिल्लाको सदरमुकाम मन्थली कुन नदीको
किनारमा अवस्थित छ ? – तामाकोशी
– सदर चिडियाखानाको स्थापना कहिले भएको हो ? – सन १९९४
– नेपालको केचनाकलन कुन जिल्लामा पर्दछ ? – झापा
– काठमाडौं कति देशान्तरमा पर्दछ ? – ८५ डिग्री १७ मिनेटमा
– काँक्रे विहार कहाँ पर्छ ? – सुर्खेत
– प्रसिद्ध हलेसी महादेव मन्दिर कुन जिल्लामा छ ? – खोटाङ्ग
– विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका स्थानहरू
कतिवटा छन ? – १०
– नेपालका कतिवटा प्राकृतिक सम्पदाहरूलार्ई विश्व
सम्पदा सूचीमा सूचीकृत गरिएको छ ? – २
– विश्वकै होचो उपत्यकाको रूपमा रहेको (अरूण उपत्यका)
को उचाइ कति छ ? – ४५७
मि
– नेपालको दक्षिणी विन्दुको रूपमा रहेको लोदावरी कुन
जिल्लामा अवस्थित छ ? – झापा
– विश्वकै सर्वोच्च स्थानमा रहेको र पिरामिड नाम
राखिएको वैज्ञानिक प्रयोगशाला पूर्वी नेपालको लोबुचे भन्ने ठाउँमा छ । भन्नुहोस
उक्त प्रयोगशाला कति उचाइमा अवस्थित छ ?
– ५०५० मि
– नेपालमा शिकार खेल्न प्रतिवन्ध लगाइएका जिल्ला
संख्या कति छन ? – १९
– विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी कुन हो ? – पूर्वीध्याचु
– नेपाल पिक कुन जिल्लामा पर्दछ ? – ताप्लेजुङ्ग
– नेपालमा भएका सौर्यशक्ति मध्ये रिस्ती पुलिम
भञ्जाड्ड कुन जिल्लामा अवस्थित छ ?
– तनहुँ
– विश्वकै सबैभन्दा गहिरो गल्छी (घाँटी) कालीगण्डकीको
गल्छीको गहिराई कति छ ? – ६, ९६७ मिटर
– नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलार्ई चिनिन्छ ? – कास्कीको लुम्ले
– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति फिट
रहेको छ ? – २९, ०२८ फिट
– “कुभिन्डे
दह”– सल्यानमा, “दामोदर कुण्ड”– मुस्ताङ्गमा पर्छ भने, “जटा पोखरी” कुन जिल्लामा पर्छ ?
– दोलखा
– नेपालको पहाडी क्षेत्रको सर्वोच्च टाकुरा कुन हो ? – दोलखाको शैलुङ
– “आदिप्रयाग” भन्नाले कुन क्षेत्रलार्ई जनाउँछ ? – हरिहर क्षेत्र (देबघाट पनि भनिने)
– नेपालको सवैभन्दा उचाइमा रहेको होटेल कुन हो ? – होटल एभरेस्ट भ्यू
– “चाल्र्स
प्वाइन्ट” भनेर
कुन ठाउँलार्ई चिनिन्छ ? – भेडेटार
– “सगरमाथाको
द्वार” भन्नाले
कुन ठाउँलार्ई बुझाउँछ ? – नाम्चेबजार
– गण्डकी प्रदेशलार्ई के नामले चिनिन्छ ? – मगराँत
– जुनारका लागि प्रसिद्ध जिल्ला सिन्धुली हो भने
दैलेख जिल्ला के को लागि प्रशिद्ध रहेको छ ?
सावर छाला§
– Hill station of Nepal भनेर
नेपालको कुन क्षेत्रलार्ई जनाउँदछ ?
– महाभारत
– जटायु रेस्टुराँ केसँग सम्बन्धित छ ? – गिद्ध संरक्षण
– सबैजसो चराहरूको नक्कल गर्न सक्ने चरा देहायको
मध्ये कुन हो ? –काँडे
भ्याकुर
– महाभारत श्रेणीको उचाइ कति रहेको छ ? – १५००–३०००
मि.
– ५२ कुटी ७२ कुण्डको शहर भन्नाले कुन ठाउँलार्ई
चिनिन्छ ? – जनकपुर
– नेपालको सर्वाधिक गहिरो उपत्यका कुन हो ? – अरूण
– नेपालको वनारस भनेर पाल्पाको रिडीलार्ई चिनिन्छ भने
नेपालको दार्जिलिङ भनेर कसलार्ई चिनिन्छ ?
–जुम्ला
– नेपालको स्वीट्जरल्यान्ड भनेर जिरीलार्ई चिनिन्छ
भने नेपालको बाबाधाम भनेर कसलार्ई चिनिन्छ ?
– महोत्तरीको टुटेश्वर
– विश्रान्ति मन्दिर धनकुटा, उजेश्वरी पाल्पा, पञ्चकन्या इलाममा पर्दछन भने
भैरवी मन्दिर कहाँ पर्दछ ? – नुवाकोट
– स्वर्गद्वारी तीर्थस्थल प्यूठान, भारदह कालिकोट, दिही दुर्वाशा आश्रम धनुषामा
पर्दछन भने सखडा देवी कुन जिल्लामा पर्दछ ?
– सप्तरी
– प्रसिद्ध तिर्थस्थल मालिकाअर्जुन दार्चुला, केवलेश्वर रामेछाप, कुशेश्वर सिन्धुली, नारा हिल्सा हुम्ला जिल्लामा
पर्दछन भने नारी झोवा कहाँ पर्दछ ?
– मुस्ताङ्ग
– जलवायु परिवर्तनबाट सिर्जित समस्या वारे विश्वको
ध्यानाकर्षण गराउन कहिले नेपाल सरकार मन्त्रिपरिषदको बैठक सगरमाथाको आधार शिविर
स्थित कालापत्थरमा वसेको थियो ? – २०६६
मंसिर १९
– नेपालको कूल क्षेत्रफल १, ४७, १८१
वर्ग कि.मि. छ भने वर्गमाइल कति छ ?
– ५६, ८२७
वर्ग मिल
– हुम्लाको सदरमुकाम सिमिकोट समुद्र्री सतहदेखि कति
मिटर उचाइमा अवस्थित छ ? – २, ९४६ मिटर
– काठमाडौं स्थित त्रिभुवन विमानस्थल समुद्र्री
सतहदेखि कति उचाइमा अवस्थित छ ? – १, ३३७ मिटर
– भक्तपुर जिल्ला कुन प्रदेशमा पर्दछ ? – पहाडी प्रदेश
– सन १९९२ मा रियो द जेनेरियोमा सम्पन्न पृथ्वी शिखर
सम्मेलनमा देहायको कुन महासन्धिमा हस्ताक्षर भएको थिएन ? – Eco-tourism
– नेपालको कान्छो जिल्लाको रूपमा रहेको कालीकोटको नाम
पहिले तिब्रिकोट भनिने गरेकोमा कालीकोट वनाइ कान्छो जिल्ला कहिले वनाइयो ? – वि.सं. २०३२ मंसिर २६ गते
– विश्वकै सर्वोच्च स्थानमा रहेको छार्काभोट र
तरापबस्ती कुन जिल्लामा अवस्थित छ ?
– डोल्पा
– स्वयम्भूको पुरानो नाम पद्यमकण्ठगिरी हो भने
नगरकोटको पुरानो नाम के हो ? – मण्डपगिरी
– रूम्जाटार बिमानस्थल ओखलढुंगामा, पाटन बिमानस्थल बैतडीमा पर्दछ
भने ताल्चा बिमानस्थल कुन जिल्लामा पर्दछ ?
– मुगु
– सर्योदयको मनोरम दृष्य देखिने भक्तपुर जिल्लामा
अवस्थिति नगरकोट समुद्र्री सतहदेखि कति उचाइमा अवस्थित छ ? – ७, ०००
फिट
– तोरीको लागि प्रसिद्ध जिल्ला चितवन हो भने काठको
ठेकीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
– मकवानपुर
– पाँच जिल्ला हुने पाँचवटा अञ्चल मध्ये नारायणी, राप्ती दुई हुन भने अन्य तीनमा
तलको कुन होइन ? – मेची
नेपालको भूगोल