पहाडी प्रदेश

तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुद्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा झन्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको छ ।
नेपालका ३९ जिल्लाहरू र पाँचै विकास क्षेत्रका सदरमुकामहरू पर्ने ।
नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनका अनुसार कूल जनसंख्याको ४३.०१% प्रतिशत जनता पहाडी प्रदेशमा बस्छन् ।

नेपालको कूल क्षेत्रफलको ६८ % भूभाग ओगटेको,
कृषि पेशा नै यहाँको प्रमुख पेशा,
भित्री पहाड (मध्य भूमि), महाभारत लेक तथा शिवालिक श्रेणी गरी ३ उपक्षेत्रमा बाँड्न सकिन्छ ।
यहाँ ब्राम्हण, क्षेत्री, किराँत, गुरूब, मगर, तामाब, राई, लिम्बू आदि जातजातिको बसोवास स्थल रहेको छ ।

क) मध्य भूमिभित्री (पहाड)
हिमालय प्रदेशको दक्षिण र महाभारत श्रृब्खलाको उत्तरमा अवस्थित मध्यभूमि अर्थात भित्री पहाडको चौडाइ करिब २५ देखि ५० कि.मि. (उत्तरदक्षिण) रहेको छ भने उचाई समुद्र सतहदेखि करिब ६०० मिटर देखि १५०० मिटरसम्म छ ।
विश्वकै गहिरो (४५७ मिटर) अरूण उपत्यका यसै क्षेत्रमा पर्दछ ।
यस क्षेत्रमा विभिन्न टारहरू र कोशी, गण्डकी, त्रिशुली, सुनकोशी, अरूण तथा तमोर नदीद्वारा निर्मित उपत्यकाहरू पर्दछन् ।

ख) महाभारत लेक
मध्यभूमिको दक्षिणमा हिमालय पर्वत श्रेणीभन्दा अलिक होचो पूर्वदेखि पश्चिम फैलिएको पहाडहरूको श्रृब्खलालाई नै महाभारत लेक भनिन्छ ।
यो क्षेत्रलाई कोशी, गण्डकी, कर्णाली आदि नदीहरूले काटेका छन् ।
रमणीय र स्वस्थ्यकर हावापानी भएको कारणले महाभारत पर्वत श्रेणीलाई नेपालको हावाखोरी पनि भनिन्छ ।
महाभारतको सबै भन्दा अग्लो चुचुरा शैलुब पर्वत दोलखा जिल्लामा पर्दछ ।
यसको उचाई करिब १५०० देखि ३००० मिटरसम्म रहेको छ ।
ग्राफाइट, ग्रेनाइट, स्लेट, बलौटे ढुङ्गा,चुनढुङ्गा आदि विभिन्न चट्टानहरूबाट निर्मित यो पर्वतलाई लघु हिमाल वा होचो हिमाल वा मध्य हिमाल पनि भन्ने गरिन्छ ।

ग) चुरे पर्वत
महाभारत पर्वत श्रृब्खलाको दक्षिणी भागमा तराईको मैदानी भागदेखि २०० देखि ६०० फिटसम्मको अग्लो पहाडलाई चुरे पर्वत शिवालिक श्रेणी) भनिन्छ ।
यो पर्वत बलौटे ढुङ्गा, रोडा, कंकड, पत्थर, बालुवा, अभ्रख आदि मिलेर बनेको छ ।
पूर्वमा होचो तर पश्चिममा क्रमशः अग्लिदै गएको चुरे पर्वतको सबैभन्दा अग्लो भाग ९४६२ फिट उचाई कैलाली जिल्लामा पर्दछ । यसलाई गार्वा भनिन्छ ।


पहाडी प्रदेशका विशेषताहरू
देशको कूल क्षेत्रफलको करिब दुई तिहाई भूभाग ओगटेको,
कृषि तथा नोकरीलाई प्रमुख व्यवसायको रूपमा अपनाइने गरेको,
देशको राजधानी काठमाडौँ यसै क्षेत्रमा पर्ने,
पाँचै विकासक्षेत्रको सदरमुकामहरू यही क्षेत्रमा रहेको,
हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको,
विविधतायुक्त रहनसहन, भेषभुषा तथा संस्कृतिको थलो,
मनोरम एवं स्वस्थ्यकर हावापानी आदि ।