Reading
• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि
दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म
फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भू–भाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार
नेपालको कूल जनसंख्याको ५०.२७% जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली, भोजपुरी, अवधि, थारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास
रहेको छ ।
• औद्योगिक, व्यापारिक एवं यातायातका
दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूला—ठूला औद्योगिक सहरहरू रहेका छन्
।
• उब्जाउ जमिनको प्रधानताको कारण यस भूमिलाई नेपालको
अन्नको भण्डार समेत भन्ने गरिन्छ ।
• यस क्षेत्रलाई मूख्य तराई, भावरप्रदेश र भित्री मधेस गरी ३ श्रेणीमा विभाजन
गर्न सकिन्छ ।
मूख्य तराई
• नेपालको सबैभन्दा दक्षिणी भागमा रहेको, दक्षिण तर्फ होचिदै गएको भू–भागलाई खास तराई भनिन्छ ।
• मिहिन पाँगो माटोले बनेको कृषिका लागि उर्वर भूमि
भएकाले नेपालको अन्नको भण्डार समेतको रूपमा चिनिने,
• समुद्र सतह देखि २०० मिटर उचाईमा रहेको यस
क्षेत्रको चौडाई करिब २५ देखि ३० कि.मि. रहेको,
• यस भागलाई नेपालको अन्न भन्डार पनि भन्ने गरिन्छ ।
तराईको मैदानी भागलाई समेत पूर्वी तराई,मध्य तराई र पश्चिमी तराई गरी
विभाजन गरिएको छ ।
भावर प्रदेश
• खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८०
मिटरको उचाईसम्म फैलिएको साँगुरो पेटिलाई भावर क्षेत्र भनिन्छ ।
• बालुवायुक्त, फुस्रो नरम माटोले बनेको समुद्र
सतहभन्दा करिब ३०० मिटरको उचाईमा रहेको,
• पूर्व पश्चिम लम्बाई १२५ देखि ४०० कि.मि.सम्म र
चौडाई १० देखि १५ कि.मि. सम्म फैलिएको छ,
• हरियो वन नेपालको धन भनी उखान प्रचलित गराउनमा
भूमिका खेल्ने चारकोशे झाडी यसै क्षेत्रमा पर्दछ ।
भित्री मधेस
• चुरे र महाभारत पर्वत श्रेणीबीचमा ६०० मिटरको अग्लो
स्थानसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँटलाइ भित्री मधेस वा दुन
क्षेत्र भनिन्छ ।
• ३२ देखि ६४ कि.मि. सम्म लम्बाई र १६ कि.मि. सम्म
चौडाई भएको नेपालको कूल क्षेत्रफलको ८.५ % भू–भाग समेटिएको छ ।
• उदयपुर, सिन्धुली, नवलपरासी, चितवन, दाब, मकवानपुर र सुर्खेत गरी ७ जिल्ला
पर्दछन् ।
• पहाडको बीचमा रहेकोले यस क्षेत्रमा न्यानो हावापानी
पाइन्छ ।
तराई प्रदेशका विशेषताहरू
– नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भू–भाग तराई क्षेत्रमा पर्ने,
– औद्योगिक, व्यवसायिक तथा आर्थिक, सामाजिक विकासका दृष्टिले अन्य प्रदेशको तुलनामा
अगाडि रहेको,
– नेपालको अन्न भण्डारको रूपमा चिनिने,
– अत्यन्त गर्मी, धेरै वर्षात, उब्जाउ जमिन, घना बस्ती रहेको,
– भारतीय रहनसहन र संस्कृतिको बढी प्रभाव भएको,
– मैथिली, भोजपुरी, अवधि, थारू जस्ता भाषा समुदायका
विभिन्न जातजातिहरूको बसोबास रहेको ।