8 min Reading
वंशाणु :- कोषहरूको न्यूक्लियसभित्र क्रोमोजोममा हुने रासायनिक पदार्थ
जसले बाबुआमाका गुणहरू सन्तानहरूमा प्रसारण गर्दछ, त्यसलाई नै वंशाणु भनिन्छ । वंशाणु
डी.एन.ए. बाट बनेको हुन्छ ।
वंशाणुक्रम :- मातापिताबाट छोराछोरीमा वंशाणुगत गुण सर्ने प्रक्रियालाई वंशाणुक्रम भनिन्छ । ग्रेगर जोहान मेन्डललाई वंशाणक्रमका पिता भनिन्छ ।
वंशाणुगत गुण :- मातापिताबाट छोराछोरीमा सर्न सक्ने गुणलाई वंशाणुगत गुण वा लक्षण भनिन्छ । अग्लोपन, होचोपन, छालाको रङ्ग आदि वंशाणुगत गुण वा लक्षण हुन् ।
आर्जित गुणः– जीवले आफ्नो जीवनकालमा आफ्नो मेहनतद्वारा आर्जन गरेका लक्षणहरूलाई आर्जित गुण वा लक्षण भनिन्छ । यस्तो लक्षणहरू मातापितावाट सन्तानमा सर्न सक्तैनन् । गीत गाउने कला, खेल खेल्ने सीप आदि आर्जित लक्षणहरू हुन ।

मेन्डलले प्रयोगका लागि केराउकै विरुवा छान्नुका कारणहरूः–
क) यसमा आफै स्वपरागसेचन हुन्छ ।
ख) यसमा परपरागसेचन पनि गराउन सकिन्छ ।
ग) यसमा थुप्रै प्रजातिहरू पाइन्छ ।
घ) यसको जीवनचक्र छोटो अवधिमा हुन्छ ।
प्रवल गुण र लुप्त गुणः– पहिलो वंशमा मातापिताको जुन गुणहरू सन्तानमा देखा पर्छ । त्यसलाई प्रवल गुण भनिन्छ । पहिलो वंशमा मातापिताको जुन गुण अदृश्य रहन्छ, त्यसलाई लुप्त गुण भनिन्छ ।
मेन्डलको प्रयोगमा अग्लो गुण र होचो गुण भएका केराउका विरुवावीच परागसेचन गराउँदा पहिलो वंशमा सबै केराउ अग्लो देखिए । यहाँ, अग्लो गुणलाई प्रवल गुण र होचो गुणलाई लुप्त गुण भनिन्छ ।
फेनोटाइप र जेनोटाइपः– कुनै पनि जीवित प्राणी वाहिरबाट हेर्दा जस्तो लाग्छ त्यसलाई फेनोटाइप भनिन्छ भने कुनै पनि जीवित वस्तुको जीवको वनावटलाई जेनोटाइप भनिन्छ । मेण्डलको प्रयोगमा अग्लो र होचो केराउको अनुपात ३:१ फिनोटाइपको आधारमा लिइन्छ भने १:२:१ जिनोटाइप आधारमा लिइएको हुन्छ ।
मोनोहाइव्रिड क्रसः– एउटा मात्र फरक गुण भएका विरुवाहरू बीच गरिने पर–परागसेचन (वा समागम) लाई मोनोहाइव्रिड क्रस भनिन्छ । जस्तै अग्लो र होचो केराउविचको प्रजनन ।
डाइहाइव्रिड क्रसः– दुईवटा फरक गुण भएका विरुवाहरूवीच परपरागसेचन गराउने प्रक्रियालाई डाइहाइव्रिड क्रस भनिन्छ । जस्तै पहेलो गोलोवीउ र हरियो चाउरिएको वीउ विच हुने पर–प्रजनन ।
ठिमाहा (Hybrid):- फरक–फरक फेनोटाइप र जेनोटाइप भएको जीवित वस्तुलाई ठिमाहा भनिन्छ ।
मेण्डलका नियमहरूः–
क) प्रवलताको नियम
ख) लैङ्गिक शुद्धताको नियम
ग) स्वतन्त्र गुण प्रसारणको नियम
प्रवलताको नियमः– वैकल्पिक गुण भएको एउटै जातिका जीवहरूमा परगर्भाधारण गराउँदा पहिलो वंशमा प्रवल गुण मात्र देखा पर्छ । लुप्त गुण प्रकट हुन सक्तैन । यसैलाई प्रवलताको नियम भनिन्छ । उदाहरणका लागि रातोफूल र सेतो फूल फुल्ने केराउको विरुवाहरूमा क्रस गराउँदा पहिलो वंश सबैमा रातो फूल फुल्छ ।
लैङ्गिक शुद्धताको नियमः– ठिमाहा जीवमा जोडामा रहेका दुई खाले वंणाणुहरू (प्रवल र लुप्त) एक अर्कासँग मिसिदैनन् र छुट्टै नै रहेका हुन्छन् । ग्यामेट बन्दा ती वंशाणु आपसमा छुट्टिएर अलग–अलग ग्यामेटमा जान्छन् । त्यसैले प्रत्येक ग्यामेट सधै शुद्ध नै हुन्छन । ग्यामेटले प्रवल वा लुप्त दुई मध्ये एक थरी वंशाणु बोकेको हुन्छ । यसैलाई ग्यामेटको शुद्धताको नियम भनिन्छ ।
स्वतन्त्र गुण प्रसारणको नियमः– विभिन्न फरक गुण भएका मातापितावीच क्रस गराउँदा बन्ने सन्ततिहरूमा ती फरक गुणहरू सर्दा एउटा गुणले अर्का गुणको सराइलाई असर पार्दैन र सराई एक अर्का गुणसँग स्वतन्त्र हुन्छ । यसैलाई मेण्डलको स्वतन्त्र गुण प्रसारणको नियम भनिन्छ ।
मानिसमा देखिने केही वंशाणुगत गुणहरूः–
क) घम्रिएको कपाल (प्रवल गुण) र नबटारिने (लुप्त गुण)
ख) कानको लोती नजोरिने (प्रवल गुण) र जोडिने (लुप्त गुण)
ग) गालामा खाल्टो पर्ने (प्रवल गुण) र खाल्डो नपर्ने (लुप्त गुण)
घ) बुढी औला पछाडी नमोडिने (प्रवल गुण) र मोडिने (लुप्त गुण)
ङ) बुढी औला खुम्चिने (प्रवल गुण) र नखुम्चिने (लुप्त गुण)
च) जिब्रो बटारिने दोव्रिने (प्रवल गुण) र जिव्रो नबटारिने नदोव्रिने (लुप्त गुण)
मेल्डलले आफ्नो प्रयोगमा लिएका गुणहरूः–
विरुवाको उचाई –अग्ला (T) र होचा (t)
फूलको स्थान – काप (A) र टुप्पो (a)
कोसाको रङ्ग – हरियो (G) र पहेलो (g)
कोसो आकार – पुष्ट (L) र खुम्चिएको (l)
विउको आकार – गोला (R) र चाउरिएको (r)
फूलको रङ्ग – खैरो (B) र सेता (b)
विउको रङ्ग – पहेलो (Y) र हरियो (y)
डार्विनको सिद्धान्त, क्रमविकासका प्रमाणहरू, डिएन तथा आरएनए :-
क्रमविकासः– सजीवहरूमा विस्तारै तर क्रमिकरूपमा हुने परिवर्तनलाई क्रमविकास भनिन्छ । जसले गर्दा सजीवको शारीरिक बनोट सरलबाट जटिलमा परिवर्तन हुन्छ ।
क्रमविकासका प्रमाणहरूः–
** अवशेषबाट प्रमाण
** तुलनात्मक शरीर रचनाबाट प्राप्त प्रमाण
** भ्रुणसम्वन्धी प्रमाण
** अवशेषाङ्गबाट प्राप्त प्रमाण
** भौगोलिक वितरणबाट प्राप्त प्रमाण
** दुई वर्गवीचको जनावरबाट प्राप्त प्रमाण
क्रमविकासका सिद्धान्तहरू
लेमार्कको सिद्धान्तः–
लेमार्कले सन् १८०९ मा संसारका सामु आफ्नो निम्नालिखित भनाई प्रस्तुत गरे
क) जीवमाथि वातावरणको प्रभाव
ख) जीवहरूको शरीरको अङ्ग व्यवहारमा ल्याउनु र नल्याउनुले तिनीहरूको शरीरको रूपरेखामा परिवर्तन
ग) कुनै एक पिँढीका जीवमा आर्जित भएको गुण वा परिवर्तन अर्का पिँढीका सन्तानमा सर्दै जानु ।
लेमार्कको सिद्धान्तको आलोचनाः–
क) शरीरको अङ्ग व्यवहारमा ल्याउनु र नल्याउनुमा शरीरको रूपरेखामा परिवर्तन हुनुलाई प्रयोगात्मक रूपमा उल्लेख गरिएको पाइँदैनन् ।
ख) जीवको चाहना अनुसार नयाँ–नयाँ अङ्गहरू निमार्ण गर्न सकिन्छ भन्ने भनाई पनि ठीक नभएको पाइन्छ ।
ग) विकास क्रममा कुनै पनि जीवमा ज्यादै ठूलो वा ज्यादै सानो हुने लक्षण देखा परेको देखिदैन ।
घ) पुच्छर काटेको कुकुरबाट जन्मेका सन्तानहरूमा पुच्छर छोटो नभई सामान्य कुकुरमा जस्तै पुच्छर देखिन्छ र फरक परेको हुँदैन ।
डार्विनको सिद्धान्तः– चर्ल्स डार्विनले सन् १८५९ मा विकाससम्वन्धी आफ्नो भनाई व्यक्त गरेका थिए । उनले “जातिको उत्पत्ति -The Origin of Species_ भन्ने पुस्तक प्रकाशित गरी जीव विकाससम्वन्धी निम्न लिखित अवधरणा अघि सारे ।
* अत्याधिक सन्तानोत्पादन (Over growth of population)
* बाँच्नका लागि संघर्ष (Struggle for existence)
* परिवृत्ति र वंशज (Variation and Heredity)
* प्राकृतिक छनौट (Natural Selection)
* नयाँ जातिको उत्पति (Origin of Species)
परिवृतिः– एउटै जातिका सजीवहरूको वीचमा देखा पर्ने असमानतालाई परिवृति भनिन्छ ।
मातापितामा भन्दा सन्तानहरूमा देखिने केही न केही विभिन्नतालाई परिवृति भनिन्छ । परिवृतिलाई मूलतः दुई किसिममा बाड्न सकिन्छ । वंशाणुगत परिवृति र वातावरणीय परिवृति ।
वंशाणुगत परिवृतिः– पैतृक गुणको आधारमा जीवहरूमा देखा पर्ने भिन्नतालाई वंशाणुगत परिवृति भनिन्छ । यो एक वंशबाट अर्काे वंशमा वंशाणुको माध्यमद्धारा सर्दै जान्छ ।
वातावरणीय परिवृतिः– एकै खाले वंशाणु भएर पनि वातावरणीय कारण जस्तै खाना, प्रकाश, तापक्रम, आद्र्रता आदिका कारणले विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृति भनिन्छ ।
उत्परिवर्तन (Mutation):– पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात् विकास भएका नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई उत्परिवर्तन भनिन्छ । उत्परिवर्तन अल्ट्राभ्लाइलेट–रे, एक्स–रे, गामा–रे जस्ता विकिरण तथा विभिन्न रसायनहरूका कारणबाट हुने गर्दछ ।
उदाहरणः– कुनै शिशु जन्मदा नै हात नहुनु, हात वा खुट्टामा एउटा औला बढी हुनु ।
अवशेष (Fossil):– चट्टानको वीचविचमा पाइने धेरै वर्ष पहिले मरेका विरुवा तथा जनावरको छाप वा चिन्हलाई अवशेष भनिन्छ । जीवाशेषको अध्ययन गर्ने जीवविज्ञानको शाखालाई paleontology भनिन्छ ।
अवशेषाड्ढ (Vestigeal organ):- पूर्वजमा क्रियाशील तर अहिले लुप्त एवं क्रियाशील अवस्थामा नरहेका अङ्गहरूलाई अवशेषाङ्ग भनिन्छ । जस्तै मानिसको ठूलो आन्द्रानिर रहेको भर्मिफम एपेन्डिक्स ।
सजातीय अड्ढ (Homologous organ):- आकार र उत्पति एवं आन्तरिक संरचना समान तर बेग्ला बेग्लै काम गर्ने अङ्गहरूलाई सजातीय अङ्ग भनिन्छ ।
व्रिज एनिमलः– केही जनावरहरूले वर्गीकरणका दुई समूहहरूको साझा गुण देखाउँछन् । तिनीहरूलाई व्रिज एनिमल वा कनेक्टिङ्ग लिङ्ग भनिन्छ । जस्तै प्लेटिपस ।
डी.एन.ए (DNA, Deoxyribonucleic acid):-
** यो न्युक्लियस र क्रोमोजममा पाइन्छ ।
** हेर्दा बटारिएको झ्याङ जस्तो देखिने डी.एन.ए नाइट्रोजन जन बेस, फस्फेट र डिअक्सिराइबोज सुगर मिलेर बनेको हुन्छ ।
** चार प्रकारका नाइट्रोजन बेसहरू जोडा बनाई रहेका हुन्छन् । एडिनिन (adenine), थाइमिन (thyamine), ग्वानिन (guanine), साइटोसिन (cytosine)
** एडिनिनले थाइमिनसँग र ग्वानिनले साइटोसिनसँग जोडा बनाउँछ ।
** नाइट्रोजन बेसको क्रम फरक–फरक हुन सक्छ जसले गर्दा विभिन्न जातिका जीवहरू तथा एउटै जातिका जीवहरूवीच भिन्नता आउँछ ।
आर.एन.ए. (RNA, Ribonucleic acid):-
** आर.एन.ए. वा रायवोन्युक्लिक एसिड कोषको साइटोप्लाज्म, न्युक्लिओलस र क्रोमोजममा पाइन्छ । जसमा प्रायजसो एउटा स्ट्रान्ड हुन्छ ।
** आर.एन.ए.मा राइबोज सुगर हुन्छ ।
** नाइट्रोजन बेसमा एडिनिन, ग्वानीन, साइटोसिन र युरासिल (Uracil) हुन्छ ।
** आर.एन.ए. प्रोटिन संश्लेषणसँग सम्वन्धित छ ।
जेनेटिक इन्जिनियरिङ्ग र क्लोनिङ्ग
:-
जीवित प्राणीमा वंशाणुगत संरचना परिवर्तनका लागि प्रयोग हुने विज्ञानलाई जेनेटिक इन्जिनियरिङ्ग भनिन्छ । ग्रेगर मेन्डलद्वारा केराउको विरुवामा गरिएको शोधकार्यबाट आमाबुवाको जीन छोराछारीमा जान्छ र वंशाणु गुण देखापर्दछ भन्ने तथ्य पत्ता लगाएका थिए । त्यसलाई थप प्रमाणित गरिदिए थोमस हन्ट मोरगनले । मोरगनपछि अनुवंशका बारेमा अमेरिकी वैज्ञानिक जजे विडल, भारतका हरगोविन्द खुराना लगाएत वैज्ञानिकहरुले जेनेटिक इन्जिनियरिङ्गलाई माथि पुर्याए । यसको विकास सँगै धेरै रोगहरु पत्ता लगाउन सजिलो हुनुका साथै आमाको गर्भबाट अलिकति गर्भ द्रव्य इन्जेक्सनबाट निकालेर गर्भमा रहेको बच्चा छोरा वा छोरी के हो पत्ता लगाउन सकिन्छ भने अनुवंश इन्जिनियरिङ्गबाट जीवको संरचना समेत परिवर्तन गर्न सकिन्छ । कृषि उत्पादन बृद्धिमा पनि अनुवंशको अध्ययनले ठूलो क्रान्ति नै ल्याइदिएको छ ।
क्लोनिङ्ग :-
क्लोनिङ्ग भन्नाले जीवको दुरुस्त वंशाणुगत प्रतिलिपि निकाल्ने विधि हो । हुबहु जीव उत्पन्न गर्ने धारणा एवं प्रक्रिया सन् १९५० को दशकबाटै शुरु भएको मानिन्छ तापनि क्लोनिङ्गको पहिलो सफल प्रयोग रोजालिन इन्सिच्युटका वैज्ञानिक डा. इयान विलमटले गरेका हुन् । फेब्रुअरी १९९६ मा डली नामक विश्वकै पहिलो क्लोन भेंडाको जन्म उनकै नेतृत्वमा सफल भएको थियो । क्लानिङ्ग विधिबाट क्लोनिङ्ग गर्दा सामान्यतया स्त्रीबाट गर्भाधान नभएको डिम्बबाट न्यूक्लियस झिकिन्छ र उक्त न्यूक्लियस बिहिन डिम्बमा जसको क्लोनिङ्ग गर्नुपर्ने हो वा वंशाणुगत प्रतिलिपि निकाल्नु पर्ने हो, त्यसको शरिरबाट कुनै सामान्य कोष अर्थात सोमाटिक सेलको न्यूक्लियस मात्र घुसाईन्छ । तत्पश्चात् उक्त डिम्ब भ्रुणमा विकसित हुन्छ । अब उक्त भु्रणलाई स्त्रीको पाठेघरमा प्रत्यारोपण गरिन्छ, जुन सामान्य लैंगिक प्रजननमा जस्तै विकसित हुँदै जान्छ र अन्ततोगत्वा नयाँ बच्चाको जन्म हुन्छ ।

विज्ञान र प्रविधि