5 min Reading
अल्टिमिटर (Altimeter) - विमान कति उचाइमा उडिरहेको छ भनी
नाप्ने यन्त्र हो । कुनै वस्तु वा स्थानको उचाइ नाप्न पनि अल्टिमिटर प्रयोग गरिन्छ
।
एम्मीटर (Ammeter) - एम्पियर्समा विद्युत् धारा नाप्ने यन्त्र
एनीमोमिटर (Anemometer) - हावाको शक्ति तथा गति नाप्ने यन्त्र
अडियोमिटर (Audiometer) - ध्वनिको तिव्रता नाप्ने यन्त्र
अडियोफोन (Audophone) - कम श्रवणशक्ति भएको व्यक्तिले यस
उपकरणलाई कानमा राखेर ठीक तरिकाले सुन्न सहयोग गर्ने यन्त्र हो
ब्यारोग्राफ÷ब्यारोमिटर (Barograph/Barometer) - बायुमन्डलको चापमा हुने परिवर्तनलाइ नाप्ने यन्त्र (हवाईजहाजहरुमा
जडान गरिएको व्यारोमिटरलाई अल्टिमिटर भनिन्छ ।)
एक्सिलेरोमिटर (Accelerometer) - हवाईजहाजको गतिवृद्धि नाप्ने यन्त्र
केलिपर्स (Calipers) - गोलो वस्तुको आन्तरिक तथा बाह्य
व्यास जाप्ने यन्त्र साथै यसले मोटाई पनि नापिन्छ
क्रेस्कोग्राफ (Crescograph) - बिरुवाहरुको वृद्धिक्रमलाई नाप्ने यन्त्र
एस्ट्रोमिटर (Astrometer) - ताराहरुको प्रकाशको तिब्रताको तुलना
गर्न प्रयोग गर्ने यन्त्र ।
कार्डियोग्राम (Cardiogram) - हृदय रोगबाट पीडित व्यक्तिहरुको मुटुको स्पन्दन जाँन गर्ने यन्त्र ।
क्रोनोमिटर (Cronometer) - पानी जहाजमा जडान गरिने समयको
जानकारी दिन्छ ।
सिनेमेटोग्राफ (Cinematograph) - स–साना चित्रहरुलाई
ठूलो बनाएर पर्दामा हेर्न सहयोग गर्दछ । यसमा लेन्सहरु यसरी लगाइएका हुन्छन् कि
फिल्म रिलमा चित्र स्थिर, अलग अलग भए पनि गतिमय र निरन्तर
देखिन्छ ।
कम्पास निडल (Compass needle) - उत्तर दिशाको जानकारी दिन्छ ।
रेक्टिफायर (Rectifier) - विद्युत धाराको दिशा परिवर्त गर्ने यन्त्र हो । त्यसलाई डायनामो
जेनेरेटर आदिमा प्रयोग गर्न सकिन्छ । यसले परिवर्तित धारा (A.C.) लाई प्रत्यक्ष
धारा (D.C.) मा परिवर्तन गर्दछ
।
एक्युमुलेटर (Accumuleter) - विद्युत ऊर्जा संचय गर्ने यन्त्र
युडिओमिटर (Yudiometer) - रासायनिक क्रियाको कारणले
ग्याँसहरुमा हुने आयतनको परिवर्तनलाई नाप्ने यन्त्र हो ।
डाइनामाइट (Dynamite) - नाइट्रोग्लिसरिनबाट बनेको अति विस्फोटक पदार्थ हो ।यसको आविष्कार सन्
१८७७ मा अल्फ्रेड वर्नहार्ड नोवेलले गरेका हुन् ।
ग्याल्भेनोमिटर (Galvanometer) - स–साना विद्युत् तरङ्गलाई नाप्ने
यन्त्र हो ।
प्रिडिक्टर (Predictor) - वायुयान आउनुभन्दा त्यसको आगमनबारे पूर्वसूचना दिने यन्त्र
ग्रामोफोन (Gramophone) - रेकर्ड गरिएको ध्वनी तरङ्गलाई पुनः
जागृत गराई सुन्न सकिने यन्त्र
ग्रेभीमिटर(Gravimeter) - पानीको सतहमा तेलको उपस्थितिबारे
जानकारी दिने यन्त्र
हाइड्रोफोन(Hydrophone) - पानीको ध्वनीलाई अंकित गर्ने यन्त्र
एक्टिमोमिटर (Actimometer) - सूर्यको किरणको तापीय तीव्रता निश्चित गर्ने यन्त्र
एरोमिटर (Aerometer) - हावा र ग्यासको तौल र घनत्व नाप्ने
यन्त्र
कायमोग्राफ (Kymograph) - रक्तचाप हृदयगतिको नाप, फोक्सो लगायत विभिन्न गतिहरुलाई
ग्राफमा अङ्कित गर्ने यन्त्र
लेक्टोमिटर (Lactometer) - दूधको शुद्धता नाप्ने यन्त्र
मेनोमिटर (Manometer) - ग्यासको दवाव नाप्ने यन्त्र
माइक्रोस्कोप (Microsscope) - अति साना अदृश्य वस्तुहरुलाई लेन्सको मद्दतले ठूलो आकारमा देखाउने
यन्त्र
ब्रेथलाइजर (Breathlizer) - चालकले मादक पदार्थ खाए नखाएको
जाँच्ने यन्त्र
कम्युनिकेशन
स्याटेलाइट (Communication Satellite) -
अन्तरिक्षमा प्रेषित संचार उपग्रह, जसले विभिन्न
महाद्वीप तथा देशहरुबीच टेलिभिजन र टेलिफोन प्रसारण गर्ने काम
माइक्रोटोम (Microtome) - कुनै वस्तिुलाई सानो आकारमा काट्ने यन्त्र
मेग्नेटोमिटर (Magnetometer) - उच्च भोल्ट भएको विद्युत धारा उत्पन्न हुने चुम्बकीय क्षेत्रको दिशा
नाप्न प्रयोग गरिने यन्त्र
ब्लडप्रेसर (B.P) इन्स्टुमेन्ट (Instrument) - रक्तचाप नाप्ने यन्त्र
प्याराशुट (Parasuit) - संकटकालमा हवाइजहाजबाट फाल हाली
भूमिमा सुरक्षितसाथ उत्रिन प्रयोग गरिने छाता आकारको साधन,
ओसिलोग्राफ (Osilograph) - विद्युतिय तथा यान्त्रिक कम्पनको रेकर्ड गर्ने यन्त्र
पेरिस्कोप (Periscope) - यसबाट पनडुब्बी पानीभित्र रँहदा पानीको सतहमा भइरहेको गतिविधिहरुको
जानकरी प्राप्त हुन्छ
फोटोग्राफ (Photograph) - फोटो खिची केमिकल्सहरुद्वारा साफ गरी सही चित्र निकाल्ने यन्त्र
पोटेन्शियोमिटर (Potentionmeter) - विद्युत परिपथमा कुनै दुई विन्दुको बीच विद्युतवाहक बल (EMF) लाई नाप्ने यन्त्र
पिपेट(Pipet) - झोलको ठीक मात्रा
नाप्ने उपकरण
सेक्रिमिटर (Secrymeter) - घोलमा चिनीको मात्रा नाप्ने यन्त्र
पायरोमिटर (Pyrometer) - टाढाको वस्तुको उच्चतम तापक्रम
नाप्ने यन्त्र
रेडिएटर (Radiator) - अटोमोबाइलहरुलाई चिस्याउने उपकरण
माइक्रोमिटर (Micrometer) - स–साना दूरी वा
कोणहरुलाई नाप्ने यन्त्र
मेगाफोन (Megaphone) - टाढा टाढासम्म ध्वनी प्रसारण गर्ने यन्त्र
स्फाग्नोमानोमिटर
(Sphygnomanometer) - को सहायताले धमनीको सञ्चार तथा स्पन्द पटक–पटक देखाउँछ ।
स्टेथेस्कोप (Stethoscope) - लेनेकद्वार आविष्कार गरिएका चिकित्सा विज्ञानमा प्रयोग हुने यस
यन्त्रले मुटु र फोक्सोको स्पन्दन सुन्न र रोगको लक्षण ज्ञात गर्न सकिन्छ ।
क्वार्टज क्लक (Quartz Clock)- खगोलीय अध्ययन तथा अवलोकनसम्बन्धी महत्वपूर्ण काममा प्रयोग गरिने ठीक
ठीक समय देखायने यन्त्र
टेलिप्रिन्टर (Teleprinter) - टेलिफोनद्वारा प्रेषित समाचारलाई
छाप्ने यन्त्र
टेलिभिजन (Television) - पर्दामा संचार स्टेशनबाट प्रसारित
कार्यक्रम देख्न र सुन्न सकिन्छ
थर्मोकपल (Thermocouple) - द्वारा ताप विद्युत्धारा उत्पादन
गर्नुको साथै तापक्रम नाप्ने काम
थर्मोस्टेट (Thermostate) - कुनै वस्तुमा निश्चित बिन्दुमा
तापक्रम नियन्त्रण गर्ने यन्त्र
थ्योडोलाइट (theodolite) - जग्गा जमिनको सर्भे गर्ने काममा प्रयुक्त हुने यन्त्र,
भिस्कोमिटर (Viscometer) - द्रब्यको लेस्याइलोपनबारे अध्ययन गर्ने काममा प्रयुक्त हुने यन्त्र ।
भोल्टमिटर (Voltmeter) - विद्युत परिपथमा दुई विन्दुका बीच प्रोटेन्शियल डिफरेन्स नापिन्छ
भिडियोफोन (Videophone) - टेलिफोन रिसिभरमा दृश्य चित्रसमेत
प्राप्त गरी देखाउने यन्त्र
सेक्सटेन्ट (sextant) - धेरै टाढाका वस्तु तथा पिण्डहरुको
दूरी नाप्ने यन्त्र
स्पीडोमिटर (Speedometer) - मोटर वा हन्य अटोमोवाइलहरुको गति
जाप्ने यन्त्र
स्फेरोमिटर (spherometer) - सतहको वक्रतालाई नाप्ने यन्त्र
मोडरेटर (Moderator) - न्यूक्लियर रियक्टरमा न्यूटनको
गतिलाई कम गर्ने यन्त्र
क्लाइडोस्कोप - राम्रा रेखा गणितीय आकृति देखाउने
उपकरण
कायमोग्राफ - रक्तसंचार, मुटु, फोक्सोको गतिलाई
ग्राफमा अङ्कित गर्ने यन्त्र,
जायरोस्कोप - घुमिरहेको वस्तुको गति नाप्ने यन्त्र
एपीडायस्कोप - अपारदर्शी चित्रलाई पर्दामा देखाउने
यन्त्र
इलेक्ट्रिकमिटर - विद्युत् धारालाई यान्त्रिक धारामा
परिणत गर्ने यन्त्र
इलेक्ट्रिक
कार्डियोग्राफ (ECG) - यो उपकरणले मुटुको स्पन्दनसित सम्बन्धित विद्युत् तरङ्लाई अङ्कित
गर्दछ
साइक्लोट्रोन (Cyclotron) - परमाणु ऊर्जा उत्पादन गर्ने गतिलाई तीब्र पार्ने यन्त्र
इलेक्ट्रोस्कोप (Eletroscope) - विद्युत् कम भएको बारे पत्ता लगाउने यन्त्र
इलोक्ट्रोनिक
माइक्रोस्कोप (Electronic Microscope) - अति सूक्ष्म वस्तुहरुलाई हजारौं ठूलो बनाई देखाउने यन्त्र
वेथस्कोप समुद्रको गहिराइ पत्ता लगाउन प्रयोग
गरिने यन्त्र
रेडियो
माइक्रोमिटर (Radio Micrometer) - तापको विकीकरण नाप्न प्रयोग गरिने
यन्त्र
रेमिस्टेन्स
थर्मामिटर (Resistance Thermometer) - चालक (Condutors) को विद्युतिय क्षमता निश्चित गर्ने
एक प्रकार को भर्ममिटर
सेलिनोमिट (Salinometer) - हाइड्रोमिटर जस्तै लवणको घोलन घनत्व
पत्ता लगाउने यन्त्र
सिस्मोग्राफ (Sismograph) - भूकम्पको आयतन, गति र प्रभावबारे
अध्ययन गरी अंकित गर्ने यन्त्र
सिस्मोमिटर (Sismometer) - भूकम्पको सामान्य गति अङ्कित गर्ने
यन्त्र
हायग्रोमिटर (Hygrometer) - हावाको आर्द्रता नाप्ने यन्त्र
हायग्रोस्कोज (hygroscope) - वायुमण्डलको आर्द्रतामा हुने
परिवर्तन देखाउने यन्त्र
अर्ली वर्ड सन् १९६४ मा संयुक्त राज्य
अमेरिकाद्वारा अन्तरिक्षमा स्थापित अन्तरमहाद्विपीय सञ्चारको पैथम
सञ्चार उपग्रह हो
टेलिमिटर (Telemeter) - टाढा घटेका घटनाहरुको अधिलेख राख्ने यन्त्र हो
एयरब्रेक (Air Break) - हावाको दवावमा काम गर्ने यो ब्रेक रेल र बसमा प्रयुक्त हुन्छ
विज्ञान र प्रविधि