2 min Reading
डी.एन.ए (DNA, Dioxyribonucleic acid)
क)
यो न्युक्लियस र क्रोमोजोममा पाइन्छ ।
ख) हेर्दा बटारिएको झ्याङ जस्तो देखिने डी.एन.ए नाइट्रोजन जन बेस, फस्फेट र डिअक्सिराइबोज सुगर मिलेर बनेको हुन्छ ।
ग) चार प्रकारका नाइट्रोजन बेसहरू जोडा बनाई रहेका हुन्छन् । एडिनिन (Adenine), थाइमिन (Thymine), ग्वानिन(guanine), साइटोसिन(cytosine)
घ) एडिनिनले थाइमिनसँग र ग्वानिनले साइटोसिनसँग जोडा बनाउँछ ।
ङ) नाइट्रोजन बेसको क्रम फरक–फरक हुन सक्छ जसले गर्दा विभिन्न जातिका जीवहरू तथा एउटै जातिका जीवहरूवीच भिन्नता आउँछ
ख) हेर्दा बटारिएको झ्याङ जस्तो देखिने डी.एन.ए नाइट्रोजन जन बेस, फस्फेट र डिअक्सिराइबोज सुगर मिलेर बनेको हुन्छ ।
ग) चार प्रकारका नाइट्रोजन बेसहरू जोडा बनाई रहेका हुन्छन् । एडिनिन (Adenine), थाइमिन (Thymine), ग्वानिन(guanine), साइटोसिन(cytosine)
घ) एडिनिनले थाइमिनसँग र ग्वानिनले साइटोसिनसँग जोडा बनाउँछ ।
ङ) नाइट्रोजन बेसको क्रम फरक–फरक हुन सक्छ जसले गर्दा विभिन्न जातिका जीवहरू तथा एउटै जातिका जीवहरूवीच भिन्नता आउँछ
आर.एन.ए. (RNA, ribonucleic acid )
– आर.एन.ए. वा रायवोन्युक्लिक एसिड कोषको साइटोप्लाज्म, न्युक्लिओलस र क्रोमोजममा पाइन्छ । जसमा प्रायजसो एउटा स्ट्रान्ड हुन्छ ।
– आर.एन.ए.मा राइबोज सुगर हुन्छ ।
– नाइट्रोजन बेसमा एडिनिन, ग्वानीन, साइटोसिन र युरासिल ९ग्चबअष्०ि हुन्छ ।
– आर.एन.ए. प्रोटिन संश्लेषणसँग सम्वन्धित छ ।
जेनेटिक इन्जिनियरिङ्ग र क्लोनिङ्ग
जीवित प्राणीमा वंशाणुगत संरचना परिवर्तनका लागि प्रयोग हुने विज्ञानलाई जेनेटिक इन्जिनियरिङ्ग भनिन्छ । ग्रेगर मेन्डलद्वारा केराउको विरुवामा गरिएको शोधकार्यबाट आमाबुवाको जीन छोराछारीमा जान्छ र वंशाणु गुण देखापर्दछ भन्ने तथ्य पत्ता लगाएका थिए । त्यसलाई थप प्रमाणित गरिदिए थोमस हन्ट मोरगनले । मोरगनपछि अनुवंशका बारेमा अमेरिकी वैज्ञानिक जजे विडल, भारतका हरगोविन्द खुराना लगाएत वैज्ञानिकहरुले जेनेटिक इन्जिनियरिङ्गलाई माथि पु¥याए । यसको विकाससँगै धेरै रोगहरु पत्ता लगाउन सजिलो हुनुका साथै आमाको गर्भबाट अलिकति गर्भ द्रव्य इन्जेक्सनबाट निकालेर गर्भमा रहेको बच्चा छोरा वा छोरी के हो पत्ता लगाउन सकिन्छ भने अनुवंश इन्जिनियरिङ्गबाट जीवको संरचना समेत परिवर्तन गर्न सकिन्छ । कृषि उत्पादन बृद्धिमा पनि अनुवंशको अध्ययनले ठूलो क्रान्ति नै ल्याइदिएको छ ।
क्लोनिङ्ग
क्लोनिङ्ग भन्नाले जीवको दुरुस्त वंशाणुगत प्रतिलिपि निकाल्ने विधि हो । हुबहु जीव उत्पन्न गर्ने धारणा एवं प्रक्रिया सन् १९५० को दशकबाटै शुरु भएको मानिन्छ तापनि क्लोनिङ्गको पहिलो सफल प्रयोग रोजालिन इन्स्टिच्युटका वैज्ञानिक डा. इयान विलमटले गरेका हुन् । फेब्रुअरी १९९६ मा डली नामक विश्वकै पहिलो क्लोन भेंडाको जन्म उनकै नेतृत्वमा सफल भएको थियो । क्लोनिङ्ग विधिबाट क्लोनिङ्ग गर्दा सामान्यतया स्त्रीबाट गर्भाधान नभएको डिम्बबाट न्यूक्लियस झिकिन्छ र उक्त न्यूक्लियस बिहिन डिम्बमा जसको क्लोनिङ्ग गर्नुपर्ने हो वा वंशाणुगत प्रतिलिपि निकाल्नु पर्ने हो, त्यसको शरिरबाट कुनै सामान्य कोष अर्थात सोमाटिक सेलको न्यूक्लियस मात्र घुसाईन्छ । तत्पश्चात् उक्त डिम्ब भ्रुणमा विकसित हुन्छ । अब उक्त भु्रणलाई स्त्रीको पाठेघरमा प्रत्यारोपण गरिन्छ, जुन सामान्य लैंगिक प्रजननमा जस्तै विकसित हुँदै जान्छ र अन्ततोगत्वा नयाँ बच्चाको जन्म हुन्छ ।
विज्ञान र प्रविधि