3 min Reading
– पृथ्वीको
धरातल तलमाथि वा दायाँवायाँ हल्लेर काँप्ने क्रियालाई के भनिन्छ ? – भूकम्प (Earthquqke)
– भूकम्प
कति किसिमका हुन्छन् ? – २ किसिमका ठाडो र तेर्सो)
– पृथ्वीको
धरातल तलमाथि भएर हुने कम्पलाई के भनिन्छ ?
– ठाडो कम्प (Vertical
Quake)
– कुन
प्रकृतिको भूकम्पिय कम्पन बढी विनाशकारी हुन्छ ? –
क्षितिजीय कम्पन
– समुद्रमा
केन्द्रविन्दु भई भूकम्प आउँदा समुद्रको पानी खल्बलिन गई तटीय क्षेत्रमा पैदा हुने
अग्ला र शक्तिशाली छालहरूलाई के भनिन्छ ?
– सुनामी (Tsuami)
– भूकम्पको
उत्पत्ति, वेग, तीव्रता नाप्ने यन्त्रलाई के
भनिन्छ ? – सिस्मोग्राफ
(Seismograph)
– पृथ्वीको
धरातल दायाँ–वाँया
भएर हुने कम्पलाई के भनिन्छ ?
– क्षितिजीय कम्प (Horizonal
quake)
– पृथ्वीको
भित्री भागमा भूकम्पको कम्पन उत्पत्ति हुने केन्द्रलाई के भनिन्छ ? – हाइपोसेन्टर
– नेपालमा
भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?
– माघ २ गते
– नेपालमा
माघ २ गतेलाई भूकम्प सुरक्षा दिवस कहिलेदखि मनाउन थालिएको हो ? – वि.सं. २०४५
– नेपालमा
वि.सं. २०६८ असोज १ गते कति रेक्टरस्केलको भूकम्प गएको थियो ? – ६.९ रेक्टर स्केल नेपालको
ताप्लेजुङ तथा भारतको सिक्किमको बीचमा केन्द्रविन्दु रहेको)
– नेपालमा
दोस्रो महाभूकम्प (पछि गोरखा भूकम्प नामाकरण) कहिले र कति रेक्टर स्केलको गएको
थियो ? – २०७२
साल बैशाख १२ गते ७.८ रेक्टर स्केलको
– विश्वमा
हालसम्मकै मापन भएको आधारमा) सवैभन्दा ठूलो भूकम्प कहाँ गएको थियो ? – सन् १९६० चिलीमा ९.५रेक्टर
स्केल)
– भूकम्पको
म्याग्निच्यूड नाप्ने स्केललाई रेक्टर स्केल (Richter
Scale) भनिन्छ भने भूकम्पको इन्टेसिन्टी नाप्ने स्केललाई
के भनिन्छ ? – Modified Mercalli
Intensity Scale
– सिस्मोग्राफले
भूकम्पको बारेमा के कुरा देखाउन सक्दैन ? –
भूकम्प कहिले आउँछ भन्ने कुरा
– नेपालमा
वि.सं. १८९०, १९९०, २०४५ र २०७२मा कति कति रेक्टर
स्केलको भूकम्प गएको थियो ?
– क्रमशः ७.८,
८.४, ६.८ र ७.८ रेक्टर स्केल
– वि.सं.
१९९० माघ २ गते गएको विनाशकारी भूकम्पबाट नेपालमा कति मानिसले ज्यान गुमाएका थिए ? – ८५१९
– वि.सं.
१९९०मा कति रेक्टर स्केलको भूकम्प गएको थियो ?
– ८.४ रेक्टरस्केल
– १९९०
सालको भूकम्प जाँदा नेपालका प्रधानमन्त्री को थिए ?
– जुद्धशमशेर
– सबैभन्दा
बढी कम्पन हुने पृथ्वीको सतहमा रहेको स्थानलाई के भनिन्छ ? – इपिसेन्टर
– “महाभूकम्प
वि. सं. १९९० साल” नामक
पुस्तकका लेखक को हुन् ? – ब्रह्मशमशेर ज.ब.रा
– भूकम्प
हुने मुख्य २ कारण के–के हुन् ?
१) ज्वालामूखी विष्फोट २) टेक्टोनिक प्लेटको
हलचल
– ज्वालामूखीबाट
हुने भूकम्पको असर .......... क्षेत्रमा सीमित हुन्छ । – सानो
– टेक्टोनिकसम्बन्धी
हलचलबाट हुने भूकम्पको असर .......... क्षेत्रमा पर्छ । – ठूलो
– कति
रेक्टर स्केलका भूकम्पहरू बढी विनाशकारी हुन्छन् ? –
७देखि माथिका
– हाइटीमा
२ लाखभन्दा बढी मानिसको ज्यान जाने गरी महाभूकम्प कहिले गयो ? – सन् २०१० जनवरी १२
– नेपाल
भूकम्पीय जोखिमका हिसावले विश्वको कतिऔं स्थानमा पर्छ ? – ११ औं
– २०७२
सालको गोरखा भूकम्प पश्चात संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरूले आफ्नो
प्रशासनिक प्रयोजनका लागि नेपाललाई कुन क्लासमा राखेको छ ? – सि क्लास (C-Class)
– कति
रेक्टर स्केलको भूकम्पलाई महाभूकम्प (Great
Earthquake) भनिन्छ ?
– ८ रेक्टरस्केल वा सोभनदा माथि