नेपालको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर – १


भिमसेन थापाले देशलार्ई कति वटा जिल्लामा विभाजन गरेका थिए ? – ३९
नेपाललार्ई १४ अञ्चल ७५ जिल्लामा वर्गिकरण गर्नु अघि कति जिल्ला रहेका थिए ? – ३५
नेपाललाई ३५ जिल्लामा विभाजन कहिले गरियो ? – वि.सं. १९५२
२०१८ सालमा गठन गरिएको अञ्चल तथा जिल्ला बिभाजन समितिको प्रतिबेदनको आधारमा तय गरिएका १४ अञ्चल र ७५ जिल्लालाई कहिलेदेखि औपचारिक मान्यता प्रदान गरियो ? – बि.सं. २०२२ साल
वि.सं. २०२९ सालमा नेपाललाई कति विकास क्षेत्रमा विभाजन गरिएको थियो ?  –
वि.सं. २०३७ सालमा सुदूर पश्चिमाञ्चल विकास क्षेत्र थपे पछि नेपालमा कति विकास क्षेत्र भए ?  –
नेपाललाई कति विकास क्षेत्रमा विभाजन गरिएको छ ? – ५ (पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य-पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल)

पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रफल कति छ ? – २८,४५६ वर्ग कि.मि.
मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रफल कति छ ? – २७,४१० वर्ग कि.मि.
मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रफल कति छ ? – ४२, ३७८ वर्ग कि.मि.
नेपालको पाँच विकास क्षेत्रमध्ये क्षेत्रफलको हिसाबले ठूलो विकास क्षेत्र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रफल कति छ ? – ४२, ३७८ वर्ग. कि.मि.
क्षेत्रफलको आधारमा देशको सबैभन्दा सानो विकास क्षेत्र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रफल कति रहेको छ ?  – १९, ५३९ वर्ग कि.मि
पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम कुन हो ? – धनकुटा
मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम कहाँ हो ? – हेटौडा
पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम कहाँ हो ? – पोखरा (कास्की)
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम कहाँ हो ? – वीरेन्द्रनगर (सुर्खेत)
सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम कहाँ हो ? – दिपायल (डोटी)
पूर्वाञ्चल विकास क्षेत्रमा कति वटा जिल्लाहरु रहेका छन् ? – १६
सवैभन्दा धेरै जिल्लाहरु भएको मध्यमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्लाहरु रहेका छन् ? – १९ वटा
पश्चिमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्लाहरु रहेका छन् ? – १६ वटा
मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्लाहरु रहेका छन् ? – १५ वटा
सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्लाहरु रहेका छन् ? – ९ वटा