नेपालको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर – ४


स्याउको लागि प्रसिद्ध ठाउँ हेलम्बु कुन जिल्लामा पर्दछ ?  – सिन्धुपाल्चोक 
नेपालको काश्मिर भनेर कुन जिल्लालार्ई चिनिन्छ ?  – जुम्ला
मेलम्ची खानेपानी आयोजना कुन जिल्लामा पर्दछ ? –  सिन्धुपाल्चोक
एशियाको सबैभन्दा ठूलो प्रवेशद्वार कहाँ छ र यसको उचाइ कति छ ? – नेपालको जनकपुरमा,  उचाइ ७५ फिट
नेपालको पहिलो नमूना ग्रामीण पर्यटकस्थल कुन जिल्लामा रहेको छ ? – स्याङ्गजा जिल्ला
नेपालको पहिलो ग्रामीण सूचना केन्द्र कहाँ स्थापना गरिएको छ ? – पर्वत जिल्ला
उग्रतारा मन्दिर कुन जिल्लामा पर्दछ ? – डडेल्धुरा
मकवानपुरको पुरानो नाम के हो ? – माकन्दपुर
मुस्ताङ्ग जिल्लाको पुरानो नाम के थियो ? – ल्होमन्थाङ
घटिगाड कुन जिल्लामा पर्दछ ? – बैतडी 
नेपालको सबभन्दा उत्तरी भागसम्म पुगेको जिल्ला कुन हो ? – हुम्ला
डोल्पा जिल्लाभन्दा महाकाली अञ्चलको क्षेत्रफल कतिले कम छ ? – ९०० वर्ग कि.मि.
मार्गा पोखरी कुन जिल्लामा पर्दछ ? – तेह«थुम
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय कहाँ छ ? – कास्की
सबैभन्दा होचो ठाउँमा रहेको जिल्ला सदरमुकाम महोत्तरीको जलेश्वर हो भने अग्लो ठाउँमा रहेको जिल्लाको सदरमुकाम कुन हो ? – हुम्लाको सिमिकोट 
नेपालको श्रीलंङ्का भन्नाले केलार्ई जनाउँछ ? – कोशीटप्पु
नेपालको कान्छो जिल्ला भन्नाले कुन जिल्लालार्ई जनाउँछ ? –  कालिकोट
उत्तरमा हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ
नेपालमा ज्वालामुखीको चिन्ह कहाँ छ ? – दैलेखको दुल्लु
नेपालको मरूभूमि भनेर कुन ठाउँलार्ई भनिन्छ ? – मुस्ताङ्ग
राप्ती अञ्चलको पुरानो नाम के हो ? – स्वर्गद्वारी
नेपालको नक्सासँगै मिल्दोजुल्दो भएको देश पोर्चुगल हो भने नेपालको नक्सासँग मिल्दोजुल्दो भएको जिल्ला कुन हो ? – बाग्लुङ्ग
जुनारको लागि प्रख्यात जिल्ला कुन हो ? – सिन्धुली 
चारवटा विमानस्थल फाप्लु, लुक्ला, कागेल र स्याङबोचे नेपालको कुन जिल्लामा अवस्थित छन ? – सोलुखुम्वु
सुर्खेत जिल्लाको पुरानो नाम के हो ? –  गोदाम चौर
कर्णाली राजमार्ग (वाङगेसिमलजुम्ला) को लम्वाई कति रहेको छ ? – २३२ किलोमिटर
नेपालमा हात्ती सूचनाकेन्द्र कहाँ रहेको छ ? – चितवन 
गुप्तेश्वर गुफा कुन जिल्लामा पर्छ ? –  कास्की
नेपालमा वन्यजन्तु सँग्रहालय कुन ठाउँमा स्थापना गरिएको छ ? – हेटौडा 
पाथिभरा मन्दिर कहाँ पर्दछ ? –  ताप्लेजुङ्ग
आफ्नै अञ्चलको सीमाना मात्र नछुने जिल्लाहरू कतिवटा छन ? –
दाङ जिल्लाको जिल्ला सदरमुकाम घोराही,  प्यूठानको प्यूठान खलंगा,  रोल्पाको लिवाङ,  बर्दियाको गुलरिया, कञ्चनपुरको महेन्द्रनगर हो भने,  रूकुम जिल्लाको जिल्ला सदरमुकाम कुन हो ? – मुसीकोट 
, ००० वर्ग कि.मि. भन्दाकम क्षेत्रफल भएका नेपालका जिल्ला कति छन ? – ६ वटा
नेपाल सरकारले सूचना प्रविधि पार्कको निर्माण कुन ठाउँमा गरेको छ ? – वनेपा
बराबर क्षेत्रफल २०२५ वर्ग कि.मि. भएका २ जिल्लाहरू कुनकुन हुन ? – बर्दिया र डोटी
जैतुनका लागि प्रसिद्ध जिल्ला कुन हो ? – बाजुरा

शख्खरको लागि प्रसिद्ध ठाउँ कुन हो ? – बैतडी
नेपालमा सबैभन्दा बढी विमानस्थल कुन  जिल्लामा रहेका छन ? – सोलुखुम्बु 
नमोबुद्ध कुन जिल्लामा पर्दछ ? –  काभ्रे
नेपालमा ५ वटा जिल्ला भएका अञ्चलको संख्या कति छ ? –
गलेश्वर महादेवको मन्दिर कहाँ पर्दछ ? – म्याग्दी