Reading
धरातलीय
स्वरूपको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ? - ३ (हिमाली, पहाडी
र तराई प्रदेश )§
समुन्द्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको
उचार्ई तथा तिब्बतको दक्षिण सीमानासम्म फैलिएको भू–भागलाई के भनिन्छ ? - हिमाली प्रदेश§
तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको
दक्षिणमा समुन्द्री सतहबाट करिब ६०० मिटरदेखि ३००० मिटरसम्मको उचार्ईमा झन्डै ७५
देखि १२५ कि.मि.सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको भू–भागलाई के भनिन्छ ? - पहाडी प्रदेश§
नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि
दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटरदेखि ६०० मिटरसम्मको उचार्ईसम्म
फैलिएको समथर क्षेत्रलाई के भनिन्छ ? - तराई प्रदेश§
उत्तर–दक्षिण २५ कि.मि. देखि ५०
कि.मि.सम्मको चौडाईमा फैलिएको हिमाली प्रदेशले नेपालको कूल क्षेत्रफलको कति
प्रतिशत भू-भाग ओगटेको छ ?
- १५ %§
पहाडी प्रदेशले नेपालको कूल क्षेत्रफलको कति
प्रतिशत भू–भाग ओगटेको छ ? - ६८ % §
उत्तर दक्षिण फैलावट २५ देखि ३०
किलोमिटरसम्म रहेको तराई प्रदेशले नेपालको कूल क्षेत्रफलको कति प्रतिशत भू-भाग
ओगटेको छ ? - १७ %§
जिल्लाले समेट्ने क्षेत्रको आधारमा हिमाली
प्रदेशको क्षेत्रफल कति छ ?
- २२,०७७.१५ वर्ग कि.मि.§
जिल्लाले समेट्ने क्षेत्रको आधारमा नेपालको
पहाडी क्षेत्रको क्षेत्रफल कति छ ? - १,००,०८३.०८ वर्ग कि.मि.§
जिल्लाले समेट्ने क्षेत्रको आधारमा तराई
प्रदेशको क्षेत्रफल कति छ ?
- २५०२०.७७ वर्ग कि.मि.§
नेपालको हिमाली प्रदेशमा कति जिल्ला
पर्दछन् ? - १६§
नेपालको पहाडी प्रदेशमा कति जिल्ला
पर्दछन् ? - ३९§
तराई प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? - २०§
नेपालको सबैभन्दा होचो भाग झापा स्थित केचनाकलन
(७० मिटर उचार्ई) मानिदै आएकोमा २०५८ मंसिर ३ देखि महोत्तरी जिल्लाको मुसहरनिया
पत्ता लागेको भनिन्छ, उक्त क्षेत्र समुद्र्री सतहदेखि कति मिटरको
उचार्ईमा रहेको छ ?
- ५९ मिटर§
समुद्र्री सतहको ६१० मिटरदेखि ४, ८७७ मिटर उचार्ईमा अवस्थित नेपालको मध्यपहाडी भागले
धरातलीय स्वरूपको आधारमा नेपालको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? - ४२%§
समुद्र्री सतहको ४, ८७७ मिटरदेखि ८८४८ मिटर (सगरमाथाको उचार्ई)
उचार्ईमा अवस्थित नेपालको हिमाली प्रदेशले धरातलीय स्वरूपको आधारमा नेपालको कूल
क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? - ३५%§
तराई प्रदेशले धरातलीय स्वरूपको आधारमा नेपालको
कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? - २३ %§
भू-बनौटको हिसाबले हिमाली प्रदेशलाई पनि कति
श्रेणीमा विभाजन गरिएको छ ?
- तीन श्रेणीमा (मुख्य हिमालय, भित्री हिमालय र सीमान्त हिमालय)§
भू-बनौटको हिसाबले पहाडी प्रदेशलाई पनि कति
श्रेणीमा विभाजन गरिएको छ ?
- तीन श्रेणीमा (भित्री पहाड (मध्य भूमि), महाभारत लेक तथा शिवालिक श्रेणी)§
भू-बनौटको हिसाबले तराई प्रदेशलाई पनि कति
श्रेणीमा विभाजन गरिएको छ ?
- तीन श्रेणीमा (मूख्य तराई, भावरप्रदेश र भित्री मधेस)§
नेपालको तरार्ईलार्ई अन्न भण्डारका रूपमा
चिनिन्छ, भने कति प्रतिशत क्षेत्र तरार्ईमा खेतियोग्य जमिन छ
? - ६१.९%§
नेपालका पहाडी क्षेत्रमा कति क्षेत्रफल
खेतियोग्य भूमि छ ?
- ८६२९ व. कि.मि§
नेपालका कतिवटा जिल्ला भित्री मधेशमा पर्दछन ? - ७ वटा§
महाभारत लेक र दक्षिणमा चुरेको बीचको समथर भू–भागलार्ई के भनिन्छ ? - भित्री मधेस §
नेपालको मध्यपर्वतीय क्षेत्रले नेपालको कूल
क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? - २९.५ प्रतिशत §
समुन्द्र सतहको कतिदेखि कति उचाइमा नेपालको तराई
प्रदेश रहेको छ ?
- ५९देखि ६०० मिटर §
भावर क्षेत्रले नेपालको कूल क्षेत्रफलको कति
प्रतिशत भाग ओगटेको छ ?
- ४.५ प्रतिशत §
नेपालको कूल भूभागको कति प्रतिशत भूमि हिउँ तथा
चट्टान क्षेत्र रहेको छ ?
- १७.२%§
चुरे पर्वत श्रृङ्खलाको अर्को नाम के हो ? - शिवालिक§
नेपालको पहाडी क्षेत्रको सर्वोच्च
टाकुरा कुन हो ? - दोलखाको शैलुङ §
तरार्ईका जिल्लाहरू मध्ये क्षेत्रफलको आधारमा
सबैभन्दा ठूलो जिल्ला कैलाली हो भने तरार्ईकै सबैभन्दा सानो जिल्ला कुन हो ? - महोत्तरी§
महाभारत पर्वतको उत्तर र हिमालय प्रदेशको
दक्षिणमा करिव ८०० मिटरदेखि १८०० मिटरको उचाइको पहाडी प्रदेशको भाग कुन हो ? - मध्यभूमि§
तरार्ई प्रदेशको उत्तर र महाभारत लेकको
दक्षिणतर्फ पूर्वदेखि पश्चिमसम्मको करिव ६०० मिटरदेखि १,८०० मिटरसम्मको उचाइको पहाडी प्रदेशको भाग हो ? - चुरे पर्वत श्रेणी §
पहाडी क्षेत्रको सबैभन्दा अग्लो टाकुरा शैलुङ
दोलखा जिल्लामा पर्दछ भने चुरेक्षेत्रको सबैभन्दा अग्लो चुचुरो गार्वा कुन
जिल्लामा पर्दछ ?
- कैलाली§
नेपालको अन्न भण्डारको रूपमा चिनिने प्रदेश कुन
हो ? - तराई प्रदेश§
प्रसिद्ध चारकोशे झाडी कहाँ पर्दछ ? - भावर क्षेत्र§
औद्योगिक, व्यवसायिक
तथा आर्थिक, सामाजिक विकासका दृष्टिले अन्य प्रदेशको तुलनामा
अगाडि रहेको प्रदेश कुन हो ?
- तराई प्रदेश§
नेपालका पाँचै विकास क्षेत्रको सदरमुकामहरू कुन
प्रदेशमा पर्दछन् ?
- पहाडी प्रदेश§
विश्वको सर्वोच्च शिखर सगरमाथा तथा विश्वको
सर्वाधिक उचार्ईमा रहेको तिलिचो ताल कुन क्षेत्रमा अवस्थित रहेको छ ? - हिमाली प्रदेश§
हिमाली
क्षेत्रका मानिसहरुको मुख्य पेशा के हो ? - पशुपालन§