नेपालको खनिज सम्बन्धी वस्तुगत प्रश्नोत्तर

नेपालको सबैभन्दा ठूलो तामाखानी कुन क्षेत्रमा पर्दछ ? – बुद्ध खोला (बन्दिपुर)
नेपालको हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो सीसा खानी कहाँ छ ? – फूलचोकी डाँडामा 
मार्वल नेपालमा कुन ठाउँमा पाइन्छ ? – गोदावरी 
गणेश हिमाल क्षेत्रमा कुन खनिज पाइन्छ ? – सिसा 
नेपालमा सोडा कहाँ पाईन्छ ? – सल्यान र डोटी
म्याग्नेसाइट खरिढुंगाको व्यवसायिक उत्पादन कुन जिल्लामा भएको छ ? – दोलखा 
नेपालको कुन क्षेत्रमा खनिज तेल तथा ग्याँस पाउने सम्भाव्यता रहेको छ ? – चुरे प्रदेश 
नेपालमा उत्खनन भएका खनिजहरुमध्ये सबैभन्दा बढी उत्खनन भएको खनिज कुन हो ? – चुनढुङगा
नेपालमा हालसम्म युरेनियम कहाँ पाइएको छ ? – चमेलिया नदीको किनारमा
खरीढुङ्गा उद्योग कुन जिल्लामा सञ्चालित छ ? – दोलखा
नेपालमा औषधीजन्य वनस्पति कति उचाइ भन्दा माथि पाईन्छ ? – ३३०० मि
गणेश हिमाल र रसुवागढी कुन खनिजका लागि प्रसिद्ध रहेका छन ? –  सिसा
नेपालमा हालसम्म युरेनियम कुन ठाउँमा पाइएको छ ? – चमेलिया नदी किनार 

बहुमूल्य धातु हीरा कुन तत्वबाट वनेको हुन्छ ? – कार्बन
कोइलाको लागि प्रसिद्ध स्थान तलका मध्ये कुन हो ? – चतरा (सुनसरी) 
रसुवा गढीमा कुन खनिज पाइएको छ ? – सिसा
नेपाल ओरिण्ड म्याग्नासाइट प्रा.लि. नामक उद्योग कुन जिल्लामा संचालित छ ? – सिन्धुपाल्चोक
जस्ता खानी उत्खनन गर्ने कारखाना कहाँ छ ? – गणेश हिमाल 
नेपालमा सबैभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ? – चुनढुंगा 
मुस्ताङ्गको थाकखोला कुन खनिज पदार्थको लागि प्रख्यात रहेको छ ? – नुन
अभ्रखको लागि प्रसिद्ध जिल्ला कुन हो ? – भोजपुर
कुलेखानी,  बाह्रबिसे,  वन्दीपुर,  बुद्धखोला,  म्याग्दी जस्ता ठाउँहरू कुन खनिज पदर्थका लागि प्रख्यात रहेका छन् ? – तामा