भारतीय स्वतन्त्रता संग्राम सम्बन्धी वस्तुगत प्रश्नोत्तर

भारतका अन्तिम हिन्दु राजा को थिए ? पृथ्वीराज चौहान
भारतमा कहिले सैनिक विद्रोह भएको थियो सन् १८५७
सन् १४९८ मा भारत कुन युरोपियन नागरिकले पत्ता लगाएका थिए ? भास्को डि गामा
ब्रिटिश इण्डिया कम्पनी सरकारको विरूद्धमा जनचेतना फैलाउन २० अगष्ट १८२८ मा कसले ब्रम्ह समाजको स्थापना गरेका थिए राममोहन राय
भारतमा धार्मिक तथा सामाजिक आन्दोलन गराउन सन् १८७५ मा आर्य समाजको स्थापना कसले गरेका थिए दयानन्द सरस्वती

भारतमा धार्मिक तथा सामाजिक आन्दोलनका क्रममा सन् १८९७ मा रामकृष्ण मिसनको स्थापना कसले गरे स्वामी विवेकानन्द
भारतीय स्वतन्त्रता संग्रामका सन्दर्भमा सन् १८७० मा नेशनल सोसाईटी नामक संस्थाको स्थापना कसले गरेका थिए शंकर घोष
भारतीय राष्ट्रिय काँग्रेसको स्थापना कहिले भयो ? २८ डिसेम्वर सन् १८८५
भारतीय स्वतन्त्रता संग्राम संगठित रूपमा कहिलेबाट सुरु भयो ? सन् १८८८
अंग्रेजहरूले आर्मस् एक्टकहिले पारित गरे सन् १८८७
भारतमा व्यापारिक प्रयोजनका लागि प्रवेश गर्ने पहिलो युरोपेली मूलुक कुन हो ? पोर्चुगल
भारतीय स्वतन्त्रता संग्रामलाई कति चरणमा विभाजन गर्ने गरिन्छ
इष्ट इण्डिया कम्पनीका नामले व्रिटिशहरूले कहिलेदेखि भारतमा व्यापार गर्न सुरु गरे सन् १६००
सर्वप्रथम इष्ट इण्डिया कम्पनीले भारतको कुन स्थानमा आफ्नो व्यापारिक केन्द्र खोले सुरत
अंग्रेजले कुन स्थानबाट भारतमा आफ्नो प्रभाव बिस्तार गर्न सुरु ग¥यो ? बंगाल
भारतका लागि पोर्चुगलका प्रथम गभर्नर को थिए डा.अल्मिडा
कुन गर्भनर जनरलले भर्नाकुलर प्रेस एक्टपारित गराई समाचार प्रकाशनमा प्रतिबन्द लगाएका थिए लर्ड लिट्टन
• “स्वराज हाम्रो जन्मसिद्ध अधिकार हो र यसलाई प्राप्त गर्नु हाम्रो लक्ष्य होभन्ने भारतीय स्वतन्त्रता संग्रामका नेता को हुन् ?  बाल गंगाधर तिलक
ब्रिटिश उपनिवेशबाट भारत कहिले स्वतन्त्र भयो ? १५ अगष्ट १९४७
भारतमा कहिले मुस्लिम लिगको स्थापना भयो सन् १९०६
पाकिस्तान कहिले स्वतन्त्र राज्य घोषणा भयो १४ अगष्ट १९४७
स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू हुन् भने पहिलो राष्ट्रपति को हुन् डा. राजेन्द्र प्रसाद
भारतमा गणतन्त्रको स्थापना कहिले भयो सन् १९५० जनवरी २६
स्वतन्त्र पाकिस्तानका प्रथम राष्ट्रपति को हुन् मोहम्मद अलि जिन्हा
भारतका प्रथम राष्ट्रपति डा.राजेन्द्र प्रसाद हुन् भने प्रथम उपराष्ट्रपति को हुन् ? डा. सर्वपल्ली राधाकृष्ण
सन् १८५७ को सैनिक विद्रोहमा नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले कसलाई सहयोग गरेका थिए ? ब्रिटिस
भारतमा सिपाही विद्रोही सुरुवातको तत्कालीन कारण के थियो मंगल पाण्डे नामक भारतीयलाई मृत्युदण्ड दिइएको हुनाले
भारतमा अंग्रेजहरूको शासन कति अवधि रहयो १९० वर्ष
अहिंसात्मक आन्दोलनका प्रखर व्यक्तित्व महात्मा गान्धीको जन्म कहिले भएको थियो २ अक्टोबर १८६९
महात्मा गान्धीको जन्म कहाँ भएको थियो गुजरातको पोरवन्दरमा
 भारतमा महात्मा गान्धीको नेतृत्वमा भारतछोड आन्दोलनकहिले भएको थियो ? 1942 AD (२०७१, लो.से.आ.)
महात्मा गान्धी दक्षिण अफ्रिकाबाट कहिले स्वदेश फर्केका थिए सन् १९१५
अंग्रेज सरकारले रोलेट एक्ट’ (Rowlatt Act) कहिले लागू गरेको थियो सन् १९१९ मा
असहयोग आन्दोलनका क्रममा महात्मा गान्धी कहिले पक्राउ परेका थिए १० मार्च १९२२
अंग्रेज सरकारले भारतमा नुन ऐन कहिले ल्याएको थियो ? सन् १९३० मा
भारतमा अंग्रेजी माध्यमबाट शिक्षा दिइनुपर्छ भन्ने अंग्रेज शासक को हुन् ? लर्ड मेकाले
अंग्रेजहरूले भारतमा आम्र्स एक्टकहिले ल्याएका थिए सन् १८७८
महात्मा गान्धीद्वारा नुनको कानून तोड्न चलाइएको अभियानलाई के भनिन्छ दण्डी मार्च (Dandi March)
महात्मा गान्धीले अहिंसामा आधारित असहयोग आन्दोलन कहिले सुरु गरेका थिए ? सन् १९२०
मोहनदास करमचन्द गान्धीलाई कहिलेदेखि महात्मा गान्धी भन्न थालियो ? असहयोग आन्दोलनदेखि
महात्मा गान्धीद्वारा सञ्चालित अहिंसात्मक आन्दोलन अन्त्यमा कुन आन्दोलनमा परिणत भयो ? भारत छोड आन्दोलन
भारतका राष्ट्रपिता भनी कसलाई चिनिन्छ ? महात्मा गान्धी
• ‘मेरो मृत शरीरमा नै भारतको विभाजन हुनेछ’ (Division will be on my dead body) भन्ने राजनीतिज्ञको हुन् महात्मा गान्धी
महात्मा गान्धीको हत्या कसले गरेको थियो नाथुराम गोड्से
महात्मा गान्धीले चर्खा आन्दोलन कहिले सञ्चालन गरेका थिए ? सन् १९२० मा
चर्खा आन्दोलनको उद्देश्य के थियो बेलायती कपडा उद्योगलाई धरासायी पार्ने
खिलाफत आन्दोलन कहिले भएको थियो ? सन् १९२०
भारतीय राष्ट्रिय कांग्रेसको स्थापना कसले गरेका थिए ?  निवृत अंग्रेज अधिकारी एलन ओक्टामियन ह्युम
भारतीय स्वतन्त्रता सङ्ग्राममा Extrimist Group का नेता भनेर कसकसलाई चिनिन्छ बाल गंगाधर तिलक, विपिनचन्द्र पाल र लाला लाजपत
सन् १९१६ मा Home Rule Movement कसको नेतृत्वमा सुरु भएको थियो बालगंगाधर तिलक
सर्वप्रथम स्वराज्यशब्दको प्रयोग कसले गरेका थिए स्वामी दयानन्द सरस्वती
• भारतीय स्वतन्त्रता आन्दोलनको इतिहासमा सन् १९१९ देखि १९४७ को युगलाई के नामले चिनिन्छ गान्धी युग (२०६९, लो.से.आ.)
भारतीय आन्दोलनलाई शिथिल बनाउने उद्देश्यले मोर्लेमिन्टो सुधार’ (Morley-Minto Reforms) योजना कहिले ल्याइयो ? सन् १९०९
भारतमा Mont-Ford Reforms Act कहिले आएको थियो सन् १९१७
भारत र पाकिस्तानको अलगअलग अस्तित्व हुने गरी ३ जुन १९४७ मा भायसराय लर्ड माउन्ट बेटनले ब्रिटिस सरकारसमक्ष प्रस्तुत गरेको योजनालाई के भनी चिनिन्छ माउन्ट बेटन योजना
भारतमा आउने अन्तिम भायसराय को हुन् लर्ड माउन्ट बेटन
भारतमा सैन्य विद्रोह हुँदा नेपालको प्रधानमन्त्री को थिए ? जंगबहादुर राणा
महात्मा गान्धीले प्रथमपटक रंगभेद नीतिका विरुद्ध सत्याग्रह आन्दोलनको सूत्रपात कहिले गरे ? सन् १९०६
गान्धीइरविन सम्झौता कहिले भएको थियो ५ मार्च १९३१
भारत सरकार कानून, १९३५ कहिले पारित गरियो २३ अगस्ट १९३५
पण्डित जवाहरलाल नेहरूको नेतृत्वमा १२ सदस्यीय अन्तरिम मन्त्रिपरिषद्को गठन कहिले भएको थियो सन् १९४६ सेप्टेम्बर २
भारतले कस्को नेतृत्वमा आन्दोलन गरी स्वतन्त्र भएको हो महात्मा गान्धीको
• महात्मा गान्धीको हत्या कहिले भयो ? ३० जनवरी १९४८ (२०६९, लो.से.आ.)
महात्मा गान्धीले नुनको कानून तोड्नका लागि चलाइएको दण्डी यात्रा कहिले शुरु भएको थियो सन् १९३० मार्च १८ मा
भारतमा कुन अंग्रेज गभर्नर जनरललाई सबैभन्दा निरकुश भनियो ? लर्ड डलहौजीलाई
भारतीय राष्ट्रिय कांग्रेसका प्रथम अध्यक्ष को थिए उमेशचन्द्र बनर्जी
• ‘तीन सय वर्षसम्म स्वतन्त्रताको प्रतिक्षा स्वीकार्य छ तर असत्य उपायबाट त्यसको प्राप्ति स्वीकार्य हुँदैन ।यो कसको भनाई हो ? महात्मा गान्धी
भारतीय स्वतन्त्रता आन्दोलनको प्रथम कदम केलाई मानिन्छ ? सन् १९५७ को सिपाही विद्रोहलाई
कुन युद्धपश्चात दिल्लीको शासन मुगलको हातमा गएको थियो ? सन् १५२६ को पानीपातको युद्ध
महात्मा गान्धीको जन्म दिन पारेर UNO ले कहिले विश्व अहिंसा दिवस मनाउँछ अक्टोबर २ मा
मोहनदाश करम चन्द गान्धीलाई महात्मा गान्धी नाम कसले दिएको हो ? रविन्द्रनाथ टैगोरले
भारतबाट सन् १९४७ मा टुक्रिएर स्वतन्त्र पाकिस्तान बने पश्चात सन् १९७१ मा पाकिस्तान पुनः टुक्रिएर कुन देशको जन्म भयो ? बंगलादेश
• भारतीय स्वतन्त्रता आन्दोलनको इतिहासमा सन् १८८५ देखि १९०५ को युगलाई के नामले चिनिन्छ ? उदारवादी युग (२०६९, लो.से.आ.)
चौरीचौरा काण्ड कहिले भएको थियो सन् १९२२ मा