किराँतकाल

सामाजिक, आर्थिक एवम् राजनीतिक अवस्था 
- गोपाल एवं अहिरवंशीको शासन पश्चात किराँतीको शासन भएको मान्यता छ । 
- सातौं किराँती राजा जितेदास्तीको पालामा गौतम बुद्ध नेपाल (काठमाडौं उपत्यकामा)मा आएका थिए । 
- चौधौं किराँती राजा स्थूंकोको पालामा सम्राट अशोक काठमाडौं आएका थिए । 
- सातौं पुस्ताका किराँती राजा जितेदास्तीको पालामा माहाभारतको युद्ध भएको मानिन्छ । 
- राइटका अनुसार २९ जना किराँतहरूले १११८ वर्षसम्म शासन चलाए, तर कतिपय इतिहासकारले ३२ जना किराँती राजाहरु भएको पनि उल्लेख गरेका छन् । 

- यलम्बर पहिलो, गस्ती अन्तिम किराँती शासक थिए । 
- यस कालमा कुथेर, माप्चोक, शुल्ली, लिङग्वल, आदि न्यायिक तथा प्रशासकीय संस्थाको स्थापना भएको थियो । 
- पशुपति आर्य घाटको विरूपाक्षको मूर्ति किराँतकालीन कलाकृति मानिन्छ । 
- यिनीहरूको शासन केन्द्र गोकर्ण थियो । 
           
वस्तुगत प्रश्नोत्तर
किराँतकालका प्रथम राजा को हुन् यलम्बर
पशुपति आर्यघाटको सबैभन्दा प्राचीन विरूपाक्षको मुर्ती कुन कालको कलाकृति मानिन्छ ?  किराँतकाल
किराँती राजाहरू मूलतः कुन धर्मावलम्बीका थिए शैव
लगभग ३२ जना किराँती राजाहरूले कुल कति वर्ष शासन गरे ५२६ वर्ष
किराँतहरू शिवलाई पारोहाङ भन्दछन् भने पार्वतीलाई के भन्दछन् सुम्निमा
किराँत समुदायमा मृतकहरूको सम्झना एवम् सहकालको अपेक्षा गर्दै गरिने पूजालाई के भनिन्छ ? भूमे पूजा
किराँतहरूको आराध्य देवता कसलाई मानिन्छ महादेव
नेपालमा राजतन्त्रको व्यवस्थित सुरूवात कुन कालदेखि भएको मानिन्छ ? किराँत काल
अन्तिम किराँती राजा को हुन् ? गस्ती
गौतम बुद्ध कुन किराँती राजाका पालामा नेपाल आएका थिए जितेदास्ती
कुन किराँती राजाको पालामा सम्राट अशोक नेपाल आएका थिए ? स्थुंको
किराँतहरूको शासनको केन्द्र कहाँ रहेको थियो शंखमूल
किराँत वंशपछि कुन वंशले शासन गरेका थिए ? सोमवंशी
कतिवटा किराँती राजाले नेपालमा शासन गरेका थिए ३२ वटा
किराँत कालमा स्थानीय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो ? विषय