नेपालको भौगोलिक अवस्थिति सम्बन्धी बस्तुगत प्रश्नोत्तर


नेपालको देशान्तरीय अवस्थिति कस्तो छ ? - ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा
नेपाल दक्षिण एसियामा विश्वका २ ठूला कुन कुन शक्ति सम्पन्न राष्ट्रहरूको बीचमा रहेको छ ? - भारत र चीन
नेपाल पृथ्वीको कुन गोलाद्धमा पर्दछ ? - उत्तरी गोलाद्र्र्ध
 नेपाल एसियाको कुन भागमा अवस्थित छ ? - मध्य भाग
 नेपालको अक्षांशीय फैलावट कति छ ? - २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा
 नेपालले विश्वको कूल भू-भागको कति प्रतिशत भू-भाग ओगटेको छ ? - ०.०३%  
 नेपालले एसिया महादेशको कति प्रतिशत भू-भाग ओगटेको छ ? - ०.३% 
नेपालको कूल क्षेत्रफल कति छ ? - ,४७,१८१ वर्ग कि.मि. (५६,  ८२७ वर्ग माइल)
नेपालको पूर्व पश्चिम लम्वाई कति छ ? - ८८५ कि.मि. 
नेपालको सरदर चौडाई कति छ ? - १९३ कि.मि.

नेपालको अधिकतम चौडाई कति छ ? - २४१ कि.मि.
 नेपालको न्यूनतम चौडाई कति छ ? - १४५ कि.मि.
नेपालको प्रमाणिक समय निर्धारण सम्बन्धी बस्तुगत प्रश्नोत्तर
नेपालको प्रमाणिक समय कसरी निर्धारण गरिएको छ ? - लण्डन स्थित Greenwich Mean  भन्दा पूर्व गौरिशंकर हिमाल नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी ।
नेपालको प्रमाणिक समय निर्धारण गरिएको गौरिशंकर हिमाल कुन जिल्लामा पर्दछ ? - दोलखा
नेपालको प्रमाणिक समय निर्धारणका लागि ८६ डिग्री १५ मिनेटको देशान्तर रेखामा रहेको गौरिशंकर हिमाललार्ई कहिलेदेखि आधार मान्न थालिएको हो ? - बि.सं २०४२ साल बैशाख १ गते देखि
नेपालको समय ग्रिनवीच समय भन्दा कति फरक छ ? - ५ घण्टा  ४५ मिनेट
नेपालको समय ग्रिनवीच समय भन्दा छिटो वा ढिलो के छ ? - छिटो