Reading
– प्रनमध्यान्ह
रेखादेखि साढे ६६ डिग्री दक्षिणको रेखालार्ई के भनिन्छ ? - कुमेरु वृत्त
– ग्रिनविचदेखि
अन्तर्राष्ट्रिय तिथिरेखासम्म कति समयको फरक पर्दछ ?
- १२ घण्टा
– अन्तर्राष्ट्रिय
तिथिरेखाले विश्वका कतिवटा देशलार्ई २ भागमा विभाजन गरेको छ ? - ० देश (कसैलार्ई पनि विभाजन
गरेको छैन)
– १८०
डिग्री देशान्तर रेखाभन्दा पूर्व तथा पश्चिममा कति समयको फरक पर्दछ ? - १२ घण्टा
– अन्तर्राष्ट्रिय
तिथिरेखा भन्नाले सामान्यतया केलार्ई बुझिन्छ ?
- १८० डिग्री देशान्तर रेखा
– प्रकाश
वर्षले दूरी जनाउँछ भने, अन्तर्राष्ट्रिय तिथीरेखा केसँग सम्बन्धित रहेको छ ? – समय
– अन्तर्राष्ट्रिय
तिथिरेखा बांगोटिंगो गरी लिनुको मुख्य कारण के हो ?
- एउटै स्थान वा देशभित्र तिथि, मिति, समय र बारमा एकरूपता ल्याउन
– अन्तर्राष्ट्रिय
तिथिरेखा समुद्री क्षेत्रमा कति डिग्रीको लाइनमा पर्ने गरी खिचिएको छ ? - सिधा १८०°
– ग्रिनविच
भन्ने स्थान कति देशान्तरमा रहेको छ ?
- ० डिग्री
– दिन
र रात बराबर हुनुलार्ई के भनिन्छ ?
- Equinox
– आकृतिको
हिसावले अन्तर्राष्ट्रिय तिथिरेखा कस्तो किसिमको छ ?
- वाङ्गोटिङ्गो
– १८०
पूर्व देशान्तर र १८० पश्चिम देशान्तरमा कति समयको अन्तर हुन्छ ? - २४ घण्टा अर्थात १ दिन
– अन्तर्राष्ट्रिय
तिथिरेखा पार गर्नासाथ कति समयको फरक गणना हुन्छ ?
- २४ घण्टा
– वर्षमा
सबैभन्दा लामो दिन कुन तारिखमा पर्दछ ?
- जुन २१
– ग्रिनविचदेखि
पूर्वको स्थानीय समय र पश्चिमको स्थानीय समयमा के भिन्नता रहेको छ ? - ग्रिनविचभन्दा पूर्वको समय छिटो
र पश्चिमको समय ढिलो
– विश्वव्यापी
समय ग्रिनवीच मिनटाइम) कहिलेदेखि लागू भएको हो ? - १८८४ नोभेम्बर १
– ग्रिनवीच
मिनटाइम अनुसार नेपालको समय कति फरक छ ?
- ५ घन्टा ४५ मिनेट
– सबैभन्दा
छोटो दिन कुन तारिखमा पर्दछ ?
- डिसेम्बर २२
– दिन
र रात बराबर हुने दुई अंग्रेजी महिनाका तारिख कुन–कुन हुन ?
- मार्च २१ र सेप्टम्वर २३
– अन्तर्राष्ट्रियस्तरमा
मान्यता प्राप्त हुने गरी विश्वलाई कतिवटा समय क्षेत्रमा विभाजन गरिएको छ ? - २४