अन्तर्राष्ट्रिय समय सम्बन्धी बस्तुगत प्रश्नोत्तर

 – ° देशान्तरको फरकमा कति समयको फरक पर्छ ? - ४ मिनेट
अन्तर्राष्ट्रिय तिथिरेखा बांगोटिंगो गरी लिनुको मुख्य कारण के हो ? - एउटै स्थान वा देशभित्र तिथि, मिति, समय र बारमा एकरूपता ल्याउन
प्रामाणिक समय घट्ने वा ढिलो हुने क्रम कति देशान्तरसम्म जारी रहन्छ ? - १८० डिग्री पश्चिमी देशान्तर 
ग्रिनविच भन्ने स्थान कति देशान्तरमा रहेको छ ? - ० डिग्री
दिन र रात बराबर हुनुलार्ई के भनिन्छ ? - Equinox
प्रनमध्यान्ह रेखादेखि साढे ६६ डिग्री दक्षिणको रेखालार्ई के भनिन्छ ? - कुमेरु वृत्त
ग्रिनविचदेखि अन्तर्राष्ट्रिय तिथिरेखासम्म कति समयको फरक पर्दछ ? - १२ घण्टा 

१८० डिग्री देशान्तर रेखाभन्दा पूर्व तथा पश्चिममा कति समयको फरक पर्दछ ? - १२ घण्टा
प्रकाश वर्षले दूरी जनाउँछ भने, अन्तर्राष्ट्रिय तिथीरेखा केसँग सम्बन्धित रहेको छ ? - समय
नेपालको प्रामाणिक समय भारतको प्रामाणिक समयभन्दा कति छिटो छ ? - १५ मिनेट
नेपालको प्रामाणिक समय अमेरिकाको प्रामाणिक समयभन्दा कति छिटो छ ? - १० घण्टा ४५ मिनेट
नेपालको प्रामाणिक समय जापानको प्रामाणिक समयभन्दा कति ढिलो छ ? - ३ घण्टा १५ मिनेट
१८०ड्ढ पूर्व देशान्तर र १८०ड्ढ पश्चिम देशान्तरमा कति समयको अन्तर हुन्छ ?   - २४ घण्टा अर्थात १ दिन 
ग्रिनविचदेखि पूर्वको स्थानीय समय र पश्चिमको स्थानीय समयमा के भिन्नता रहेको छ ? - ग्रिनविचभन्दा पूर्वको समय छिटो र पश्चिमको समय ढिलो
विश्वव्यापी समय  ग्रिनवीच मिनटाइम कहिलेदेखि लागू भएको हो ? - १८८४ नोभेम्बर १
ग्रिनवीच मिनटाइम अनुसार नेपालको समय कति फरक छ ? - ५ घन्टा ४५ मिनेट
सबैभन्दा छोटो दिन कुन तारिखमा पर्दछ ? - डिसेम्बर २२ 
दिन र रात बराबर हुने दुई अंग्रेजी महिनाका तारिख कुनकुन हुन ? - मार्च २१ र सेप्टम्वर २३
अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त हुने गरी विश्वलाई कतिवटा समय क्षेत्रमा विभाजन गरिएको छ ? - २४
अन्तर्राष्ट्रिय तिथिरेखा पार गर्नासाथ कति समयको फरक गणना हुन्छ ? - २४ घण्टा
वर्षमा सबैभन्दा लामो दिन कुन तारिखमा पर्दछ ? - जुन २१