Reading
एसिया, अफ्रिका
र अष्ट्रेलियाको बीचमा रहेको विश्वको तेस्रो ठूलो महासागरको रूपमा रहेको यसले ७
करोड ३५ लाख वर्ग कि.मि. ओगटेको छ । यो महासागरीय क्षेत्रबाट मौसमी वायु चल्ने र
त्यसको प्रभावले सो क्षेत्रमा पानी पर्ने हुँदा यसलाई मनसुनी महासागर पनि भनिन्छ ।
विश्व पेट्रोलियम उत्खननको ४० प्रतिशत यहाँबाट प्राप्त गरिने भएकाले यसलाई तेलको
महासागर पनि भनिन्छ । यसले पृथ्वीको जलमण्डलको २०.५ प्रतिशत ओगटेको र औसत गहिराई
३९०० मिटर (१२८०० फिट) रहेको छ । यो महासागरको सबैभन्दा गहिरो भाग जाभा टे«न्च ७४५० मिटर रहेको छ । यस महासागरमा मिसिने
प्रमुख नदीहरूमा गंगा, ब्रह्मपुत्र, मेकाङ्ग, मेनाम, सिन्ध, टिग्रिस, युफ्रेटस, इरावदी
आदि छन् ।
हिन्द महासागर सम्बन्धी बस्तुगत प्रश्नोत्तर
– क्षेत्रफलको हिसावले तेस्रो ठूलो महासागर कुन हो ? - हिन्द
– दोस्रो गहिरो महासागर कुन हो ? - हिन्द
– हिन्द महासागर कहाँ अवस्थित छ ? - एसिया, अफ्रिका र अस्टे«लिया महादेशको बीचमा
– हिन्द महासागरको क्षेत्रफल कति छ ? - ७ करोड ३५ लाख वर्ग कि.मि.
– हिन्द महासागरको औषत गहिराइ कति छ ? - ३९०० मिटर
– हिन्द महासागरले पृथ्वीको कूल जलमण्डलको कति
प्रतिशत भाग ओगटेको छ ?
- २०.५%
– हिन्द महासागरको सबभन्दा गहिरो भाग जाभा टे«न्चको गहिराइ कति छ ? - ७४५० मिटर
– मनसुनी महासागर भनेर कुन महासागरलार्ई चिनिन्छ ? - हिन्द महासागर
– तेलको महासागर भनेर कुन महासागरलार्ई चिनिन्छ ? - हिन्द महासागर
– गंगा, ब्रम्हपुत्र, सिन्ध, मेकङ नदी कुन महासागरमा मिसिने
प्रमुख नदीहरू हुन् ?
- हिन्द महासागर