प्रथम विश्वयुद्ध

विश्वमा सैनिकवाद, उग्र राष्ट्रियता, स्वार्थपूर्ण कुटनीति, गुटबन्दी र कतिपय राष्ट्रहरूबीच गुप्त सन्धिहरू भएको तत्कालिन अवस्था थियो । यसै भयावह स्थितिमा अष्ट्रियाका युवराज आर्कड्युक सेराजेवो घुम्न गएको बेला २८ जुन १९१४ मा कुनै अज्ञात व्यक्तिले गोली हानी मारिदिएबाट युरोप र सारा विश्वमै हलचल मच्चायो । यसको बदलामा अष्ट्रियाले सन् १९१४ जुलाई २८ मा सर्वियामाथि आक्रमण ग¥यो जसले गर्दा प्रथम विश्वयुद्धको सुरुवात भयो  । 
- प्रथम विश्व युद्ध सन् १९१४ जुलाई २८ देखि सन् १९१८ नोभेम्बर ११ सम्म चलेको थियो । त्यस समय बेलायत पक्षका राष्ट्रहरूको गुटलाई  Allies Power (or Entente Powers) र जर्मनी पक्षका राष्ट्रहरूको गुटलाई Central Power भनिन्थ्यो । यो समूहलाई Quadruple Alliance समेत भनिन्थ्यो । 
- युद्धमा करिब ६ करोड ५० लाख सैनिक सम्मिलित भएको मानिन्छ । 
- यसमा जर्मनी र तत्सम्बद्ध राष्ट्रहरू नराम्रोसँग पराजित भएका थिए  । 
- भर्सेलिजको सन्धि भएपछि प्रथम विश्व युद्धको समाप्ती भएको मानिन्छ  । 


वस्तुगत प्रश्नोत्तर
अष्ट्रिया र हंगेरीले संयुक्त रूपमा सर्बिया विरूद्ध कहिले युद्धको घोषणा गरे जुन मितिबाट पहिलो विश्वयुद्धको प्रारम्भ भयो 28 July, 1914
राष्ट्रसंघको स्थापना हुँदा संस्थापक राष्ट्र कति थिए २७
प्रथम विश्वयुद्धको समयमा जर्मनी पक्षका राष्ट्रहरूको गुटलाई Central Power भनिन्थ्यो भने बेलायत पक्षका गुटलाई के भनिन्थ्यो Allies Power
प्रथम विश्वयुद्धको आधार युद्धको रूपमा कुन युद्धलाई लिइन्छ ? बाल्कन प्रायद्विपको युद्ध
प्रथम विश्वयुद्धको राजनैतिक होडमा सबैभन्दा अग्र स्थानमा कुन राष्ट्र रहेको थियो बेलायत
प्रथम विश्वयुद्धको समाप्ति कुन सन्धिबाट भएको थियो भर्सायल्स
पहिलो विश्वयुद्धमा कति जना नेपालीले V.C. प्राप्त गरेका थिए ? २ जना
प्रथम विश्वयुद्ध कति वर्षसम्म चलेको थियो ? ४ वर्ष
प्रथम विश्वयुद्धको समयमा जर्मनीले रसियाविरूद्धको युद्धको घोषणा कहिले गरेको थियो सन् १९१४ अगष्ट १
भर्सेलिजको सन्धि कति अवधिको लागि भएको थियो ? २० वर्ष
प्रथम विश्वयुद्धमा घाइते र मृत्यु भएको समेत गरी कति मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका थिए ३ करोड ८० लाख
प्रथम विश्व युद्धमा कति गैरसैनिकले ज्यान गुमाएका थिए ७० लाखभन्दा बढी
प्रथम विश्व युद्धमा कति सैनिकहरूले ज्यान गुमाएका थिए करिब १ करोड
प्रथम विश्व युद्धमा सैनिक तथा गैर सैनिक गरी कति जना घाइते भएका थिए २ करोड जना
प्रथम विश्व युद्ध पश्चात अन्तर्राष्ट्रिय शान्ति सुरक्षा स्थापना गर्न स्थापित प्रथम संस्था कुन हो ? League of Nation
प्रथम विश्व युद्धको प्रारम्भ कुन कुन राष्ट्रबीचको युद्धबाट सुरू भएको थियो अस्ट्रिया र सर्बिया
प्रथम विश्वयुद्धमा प्रत्यक्ष रूपमा कति राष्ट्रले भाग लिएका थिए ? ३२
प्रथम विश्वयुद्धमा बेलायतको पक्षमा कति राष्ट्रहरू सम्मिलित थिए २८
प्रथम विश्वयुद्धमा बेलायत समर्थित गुटमा अमेरिका कहिले सामेल भयो ? सन् १९१७
प्रथम विश्वयुद्ध कति दिनसम्म चलेको थियो १५६१ दिन
प्रथम विश्वयुद्धको समयमा जर्मनीका राजा को थिए कैजर विलियम द्वितीय
प्रथम विश्वयुद्धपछि सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका बन्यो भने शक्तिहिन राष्ट्र कुन बन्यो जर्मनी
प्रथम विश्वयुद्धहुनाको तत्कालीन कारण कुन हो अष्ट्रियाद्वारा सर्विया विरूद्ध युद्धको घोषणा
प्रथम विश्वयुद्धमा जर्मनीले फ्रान्सविरूद्ध कहिले युद्धको घोषणा गरेको थियो ? ३ अगस्त, १९१४ मा
प्रथम विश्वयुद्धमा बुल्गेरियाले कहिले आत्मसमर्पण गरेको थियो ? ३० सेप्टेम्बर १९१८
भर्साइल्सको सन्धि कहिले भयो जुन मितिबाट प्रथम विश्वयुद्ध समाप्त भयो ११ नोभेम्बर १९१८
प्रथम विश्वयुद्धपछि जर्मनीका राजा कैजर विलियम द्वितीय भागेर कहाँ शरण लिन पुगेका थिए हल्याण्ड
प्रथम विश्वयुद्धको परिणाम स्वरूप स्थापना हुन पुगेको राष्ट्र संघ (League of Nation) को प्रस्ताव गर्ने व्यक्ति को हुन् उल्ड्रो विल्सन
प्रथम विश्वयुद्धको समयमा नेपालका प्रधानमन्त्री को थिए चन्द्र शमशेर
प्रथम विश्वयुद्धमा बहादुरी देखाए वापत  V. C. पाउने प्रथम नेपाली को हुन् कुलवीर थापा
प्रथम विश्वयुद्धमा एकातिर जर्मनी, अस्ट्रिया, टर्की, रुस, हँगेरी आदि देश थिए भने अर्को पक्षमा कुनकुन देश थिए ? बेलायत, फ्रान्स, इटाली, अमेरिका, जापान आदि
अस्ट्रियाका युवराज आर्कड्युक फ्रान्सिसको २८ जुन १९१४ मा एक अज्ञात व्यक्तिको गोलीबाट मृत्यु भएको विषयलाई लिई अस्ट्रियाले कुन देशमाथि आक्रमण गरेको थियो ? सर्विया
प्रथम विश्वयुद्धबाट धेरै क्षति व्यहोर्न पुगेका राष्ट्रहरू कुनकुन हुन् जर्मनी, अष्ट्रिया र रुस
राष्ट्रसंघ (League of Nations) को स्थापना कहिले भयो १० जनवरी १९२०
जर्मन सम्राट कैजर विलियम द्वितीय कहिले हल्याण्ड पलायन भए ? १९१८ नोभेम्बर ९
प्रथम विश्वयुद्धपछि कहाँकहाँ राजतन्त्रको अन्त्य भयो जर्मनी, अष्ट्रिया, रुस र टर्कीमा
प्रथम विश्वयुद्धपछि जर्मनीमा कसको उदय भयो हिटलरको नाजीवाद
प्रथम विश्वयुद्धपछि इटालीमा कसको उदय भयो मुसोलिनीको फाँसीवाद
प्रथम विश्वयुद्धमा नेपालले कसलाई सहयोग गरेको थियो बेलायतलाई
प्रथम विश्वयुद्धबाट कुनकुन शक्तिशाली राष्ट्रको उदय भएको थियो अमेरिका, जापान
प्रथम विश्वयुद्धमा कति नेपाली सेना संलग्न रहेका थिए ? १६,५४४
युद्धमा संलग्न भएर पनि विना कुनै क्षति बढी लाभान्वित हुन पुगेको राष्ट्र कुन हो अमेरिका
प्रथम विश्वयुद्धमा जर्मनीको तर्फबाट कति सेनाले भाग लिएका थिए ? २ करोड
प्रथम विश्वयुद्धमा मित्रराष्ट्रको तर्फबाट कति सेना सहभागी थिए ?      ४ करोड
प्रथम विश्वयुद्धमा कुनकुन देशहरूको समूहलाई Red Power पनि भनिन्थ्यो जर्मनी लगायतको Center power लाई

जर्मन सम्राट कैजर विलियम द्वितीय कहिले हल्याण्ड पलायन भए १९१८ नोभेम्बर ९