5 min Reading
वस्तुगत प्रश्नोत्तर
• राज्य क्रान्तिको समयमा फ्रान्सको संसदलाई के
भनिन्थ्यो ? स्टेट जनरल
• फ्रान्सको राज्य क्रान्तिताका फ्रान्समा राजा को
थिए ? लुई सोह्रौं
• फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो ? सन् १७८९
• फ्रान्समा लुइ सोह्रौंको समयमा राजाले विना सूचना
नागरिकलाई पक्रन सक्थे त्यसलाई के भनिन्थ्यो ? letter de chachet
• राजा जोनपछि बेलायतका राजा वनाइएका फ्रान्सका
राजकुमार को थिए ? Luis
• विश्व इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन
क्रान्तिलाई चिनिन्छ ? फ्रान्सेली राज्य क्रान्ति
• मानव सभ्यताको इतिहासमा कुन क्रान्तिसँगै आधुनिक
युगको सुरुवात भएको पाइन्छ ? फ्रान्सेली राज्यक्रान्ति
• सन् १७६२ मा सामाजिक सम्झौता नामक पुस्तक कसले
लेखेका थिए ? रुसो
•
“यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने
थिएन” भन्ने शासक को हुन् ? नेपोलियन
बोनापार्ट
• संसारको कलिलो सेनापति भनी कसलाई चिनिन्छ ? नेपोलियन बोनापार्ट
• फ्रान्सको राज्यक्रान्तिको मूल नारा के थियो ? स्वतन्त्रता, समानता
र वन्धुत्व
•
“मलाई के लाग्छ भने म माथि संसार
खसिरहेछ । हे ईश्वर म माथि कत्रो बोझ छ उनीहरूले मलाई केही पनि सिकाएनन् ।” यो कुन फ्रान्सेली राजाले राज्यारोहण हुँदा भनेको
शब्द हो ? लुई सोह्रौं
• फ्रान्सेली राज्यक्रान्तिको अग्रदुत भनेर कसलाई
चिनिन्छ ? रुसो
• फ्रान्सको राज्यक्रान्तिको समयमा त्यहाँ कुन नापतौल
प्रणाली प्रचलनमा थियो ? मेट्रिक प्रणाली
• फ्रान्सेली सम्राट नेपोलियनको मुत्यु कहाँ भएको
थियो ? वाटर लु
• फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो ? प्रथम स्टेट
• फ्रान्सेली राज्यक्रान्तिको नेतृत्व कुन वर्गले
गरेको थियो ? मध्यम वर्ग
•
“राज्यको सम्प्रभुता राजाको दैवी सिद्धान्तमा होइन
जनताको इच्छामा भर पर्दछ” यो भनाई कसको हो ? रुसो
• फ्रान्सका जनता 'Madam Deficite' भनी कसलाई चिन्दथे ? मेरी
एन्टोनेट
•
"The Spirit of Law'' का लेखक
को हुन् ? मन्टेस्क्यु (सन् १७४८)
•
The theory of Separation of Power का
लेखक को हुन् ? मन्टेस्क्यु
• फ्रान्सेली राज्यक्रान्तिताका रहेको फ्रान्सको
संसदलाई के भनिन्थ्यो ? State
General
• फ्रान्सेली राज्यक्रान्तिताका State Generalको बैठक सन् १६१४ देखि नबसी रहेकोमा कति समयपछि
बोलाइएको थियो ? ७५ वर्ष
• भर्साइलको दरबार कसले बनाएका थिए, जुन पेरिसदेखि १२ माइल टाढा रहेको थियो ? लुई चौधौं
• फ्रान्सका क्याथोलिक सम्प्रदायका धार्मिक नेतालाई
के भनिन्थ्यो ? पादरी
• चर्चलाई अनिवार्य रूपमा तिर्नपर्ने करलाई के
भनिन्थ्यो ? टिथ
• फ्रान्सेली राज्य क्रान्ति कसका विरूद्धमा भएको
थियो ? निरंकुश राजतन्त्रात्मक व्यवस्था
• लुई चौधौंका नाति को थिए ? लुई सोह्रौं
• फ्रान्सेली राज्यक्रान्तिको पूर्वसन्ध्यामा रचिएको
पुस्तक विश्वकोष Encyclopedia
का रचयिता को हुन् ? दिदेरो
(सन् १७६९ मा)
• फ्रान्सको संसद स्टेट जनरलमा कतिवटा सदनहरू रहेका
थिए ? तीन
• फ्रान्सेली राज्यक्रान्तिको क्रममा वास्तिलको पतन
कहिले भयो, जुन दिनलाई हालसम्म पनि फ्रान्समा राष्ट्रिय दिवसको
रूपमा मनाइन्छ ? सन् १७८९ जुलाई १४
• महान दार्शनिक रुसोको जन्म कहाँ भएको थियो ? स्वीट्जरल्याण्डको जेनेभा
• लुई सोहौंकी रानी मेरी एन्टोनेट कुन देशकी
राजकुमारी थिइन् ? अष्ट्रियाकी राजकुमारी थिइन्
• फ्रान्सेली राज्यक्रान्तिताका रहेको पादरीहरूको पद
क्रमशः ठूलोबाट सानो क्रम कुन हो ? आर्किविसप, बिसप, आर्डिनल, एवट
• सर्वसाधारण सदस्य रहेको स्टेट जनरल सदस्यहरूले
सदस्य संख्या दोब्बर गरी आफूलाई National
Assembly को रूपमा कहिले घोषणा गरे ? सन् १७८९ जुन १७
• फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो ? 1st State
• फ्रान्समा लुई चौधौंको शासनकाल कहिले थियो ? सन् १६४३ देखि १७१५
• फ्रान्समा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको
घोषणा कहिले गरियो ? 22
Sept. 1792
• फ्रान्सका लुई राजाहरू कुन वंशका थिए ? बुर्नोन
• लुई सोह्रौं कहिले फ्रान्सका राजा भएका थिए ? सन् १७७४ मा
•
“हे ईश्वर मलाई मित्रबाट जोगाउ सत्रुहरूबाट आफैं
जोगिन्छु” कसको भनाइ हो ? भोल्टेयर
• फ्रान्सेली क्रान्तिको समयमा मन्टेष्क्युले कहाँ
शरण लिएका थिए ? बेलायतमा
• I
am the State भन्ने फ्रान्सेली राजा को हुन् ? लुइ चौधौं (२०६९, लो.से.आ.)
• फ्रान्सको राज्यक्रान्तिको वातावरण सिर्जना गर्ने
निकै विलासी रानी को थिईन ? मेरी एन्टोनेट
• यो क्रान्ति मुख्यतः कसको विद्रोहका कारण भएको थियो
? फ्रान्सको मध्यमवर्गीय बुद्धजीवि वर्गको
• राज्यक्रान्तिको अघिको तेस्रो हाउस कुन थियो ? सर्वसाधारण जनताहरूको प्रतिनिधिहरूको
• तेस्रो हाउसमा कतिजना सदस्यहरू थिए ? ६२१ जना
• फ्रान्सकी रानी एन्टोनेटलाई कहिले मृत्युदण्ड दिइयो
? सन् १७९३ अक्टोबर १६
• फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँको राज्य
सञ्चालनमा कतिओटा कानून प्रचलनमा थिए ? करिब
३९०
• फ्रान्सको राज्यक्रान्तिपछि शासनसत्ता सम्हाल्न को
सम्राट बनेको थिए ? नेपोलियन बोनापार्ट
• नेपोलियन बोनापार्ट कहिले सम्राट बनेका हुन् ? सन् १८०४ मा
• फ्रान्सको राज्य धर्म कुन हो ? क्याथोलिक
• फ्रान्सको राज्यक्रान्तिले जन्माएको नेतृत्व को हो ? नेपोलियन बोनापार्ट
• फ्रान्सको राज्यक्रान्तिताका त्यहाँ पादरीहरूको
संख्या कति थियो ? करिब १ लाख ३० हजार
• १८ औं शताब्दीतिर फ्रान्सेली समाजमा मध्यम वर्गीय
मानिसहरूलाई के भनिन्थ्यो ? बुर्जुवा
•
“भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ” भन्ने साहित्यकार को हुन् ? भोल्टेयर
• फ्रान्सको राज्यक्रान्ति अगाडी त्याहाँ कस्तो राज्य
व्यवस्था थियो ? केन्द्रीकृत
• फ्रान्सको राज्यक्रान्तिलाई बौद्धिक क्रान्ति किन
भनिन्छ ? नेतृत्व फ्रान्सका बुद्धीजीविले गरेकाले
• राज्यक्रान्तिको अघिको पहिलो हाउस कुन थियो ? पादरीहरूको
• राज्यक्रान्तिको अघिको पहिलो हाउसमा कतिजना
सदस्यहरू हुन्थे ? ३०८ जना
• राज्यक्रान्तिको अघिको दोस्रो हाउस कुन थियो ? कुलीन वर्गका प्रतिनिधिहरूको
• राज्यक्रान्तिको अघिको दोस्रो हाउसमा कतिजना
सदस्यहरू थिए ? २८५ जना
• फ्रान्समा पादरी र कुलीन वर्ग सुविधा सम्पन्न प्रथम
वर्गमा पर्थे भने सुविधाविहीन वर्गमा को पर्दथे ? मध्यम
वर्ग, किसान र कालिगढ
•
“मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङलाले
बाँधिन्छ ।” यो भनाइ कसको हो ? रुसो
विश्वको इतिहास