Reading
क) Terrestrial Planets : धरातलिय सतह भएका जसको सतह सानाठूला चट्टानद्वारा बनेको छ । बुध, शुक्र, मंगल र पृथ्वी यो प्रकारमा पर्दछन् ।
ख) Jovian giants Planets : ग्यासीय तत्वहरूद्वारा निर्माण भएका अरुण, बरुण, शनी र बृहस्पति जस्ता ग्रहहरू यस बर्गीकरणमा पर्दछन् ।
सौर्यमण्डलमा हालसम्म अस्तित्वमा रहेका ग्रहहरू यस प्रकार छन्
बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth), मंगल (Mars), बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus), बरुण (Neptune)
कुनै एक खगोलिय पिण्ड ग्रह हुनका लागि तोकिएका आधारहरूः International Astronomical Union ले सन् २००६ मा गरेको निर्णय अनुसार निम्नकुराहरू पर्याप्त भएको आधारमा मात्र कुनै पनि खगोलीय पिण्ड ग्रह हुन सक्ने कुरा उल्लेख गरिएको थियो । जसमा
१ यसले आफ्नो कक्षमा सूर्यलाई घुम्नु पर्छ ।
२ यसमा पर्याप्त पिण्ड हुनु पर्ने र स्वतन्त्र र सन्तुलित रूपमा अन्तरिक्षमा अडिने हुनु पर्छ ।
३ कुनै अन्य खगोलिय पिण्डको गुरुत्वाकर्षण क्षेत्रबाट स्वतन्त्र हुनु पर्छ । ब्रह्माण्ड सम्बन्धी जानकारी