1 min Reading
- · नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । यो दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको छ ।
- · नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ ।
- · कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भू—भागको ०.०३% र एसिया महादेशको ०.३% भू —भाग ओगटेको छ । नेपालको पूर्व पश्चिम लम्बाई ८८५ कि.मि. छ । उत्तर दक्षिण चौडाई अधिकतम २४१ कि.मि., न्यूनतम १४५ कि.मि. र सरदर चौडाई १९३ कि.मि. रहेको छ ।
- · नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ ।
- · फरक–फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारको हावापानी पाइन्छ हावापानीको आधारमा ऋतुहरूको विभाजन गरिएको छ ।
- · नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो ।
- · विश्वकै गहिरो अरुण उपत्यकादेखी सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ ।
- · जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।