दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (SAARC)


दक्षिण एशियाली राष्ट्रहरू नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, माल्दिभ्स र बंगालादेश मिलि सन् १९८५ डिसेम्बर ८ मा आपसि सहयोगका लागि स्थापना गरिएको सङगठन नै सार्क वा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङगठन (South Asain Association for Regional Co-operation) हो । यसका सस्थापक राष्ट्र ७ वटा भएपनि हाल अफगानिस्तान समेत यसमा विधिवत सदस्य भएपछि सदस्य संख्या आठ पुगेको छ । सार्कको अवधारणा बंगालादेशका राष्ट्रपति जियाउर रहमानले सन् १९८० मे २ मा प्रस्तुत गरेका थिए ।

सार्क सम्वन्धी अन्य सङ्घ संस्था तथा कोषहरुः
सार्क सभामूख तथा संसद सङ्घ – (Association of SAARC Speakers and Parlimentarians)
सार्क राष्ट्रहरुका सभामुखहरुको सन् १९९२ नोभेम्वर, १६ मा काठमाडौमा भएको सम्मेलनले सार्क सभामुख तथा संसद सङ्घको स्थापना गरेको हो । सार्क राष्ट्रहरुका  सभामुखहरुको पहिलो बैठक सन् १९९२ को जुनमा श्रीलंकामा भएको थियो । यसको वडापत्रमा सार्क राष्ट्रहरुका  सभामुखहरुले हस्ताक्षर गरेका थिए नेपालको तर्फवाट तत्कालिन सभामुख दमननाथ ढुङ्गानाले गरेका थिए ।
सार्क उद्योग वाणिज्य महासंघ (SCCI-SAARC Chamber of Commerce and Industries)
बङ्गलादेशको ढाकामा भएको सातौं शिखर सम्मेलनले निर्णय गरेअनुरुप सन् १९९४, जनवरी ७ मा यसको स्थापना भएको हो । यसको प्रधान कार्यालय पाकिस्तानको कराँचीमा छ । यसको उद्धेश्य उद्योग वाणिज्यको क्षेत्रमा पारस्परिक सहयोग र सुविधा जुटाई क्षेत्रीय औद्योगिक र वाणिज्य नीति अवलम्वन गर्नु हो ।
सार्क आर्थिक संघ (SAARC Economic Union)
यसको स्थापना सन् १९९५, डिसेम्वर २६ (वि.सं.२०५२, पुष ११ )मा भएको हो । यसको प्रधान कार्यालय नेपालमा छ । यसको उद्धेश्य सार्क क्षेत्रमा आर्थिक सहयोगसँग सम्वद्ध पक्षहरुमा अध्ययन विश्लेषण गर्ने एवम यस क्षेत्रका अर्थशास्त्रीहरुवीच प्रभावकारी सम्वन्ध बनाउनु हो ।
दक्षिण एशियाली खेलकुद÷संघ (SAG: South Asian Games):
दक्षिण एशियाली  क्षेत्रमा शान्ति र मैत्रिको आधारमा खेलकुदको विकास गर्ने उद्देश्यले दक्षिण एशियाली खेलकुद संघको स्थापना सन् १९८१ नोभेम्वर २६ मा भारतको नयाँ दिल्लीमा भएको हो । यसको स्थापना गर्दा नेपाल, भारत, पाकिस्तान, बङगलादेश र श्रीलङकाले गरेका हुन् भने  भुटान र माल्दिभ्स सन् १९८३ मा यस सङघमा प्रवेश गरेका हुन् । यो खेलकुद प्रत्येक दुई दुई वर्षमा  आयोजना गरिन्छ ।
सार्क फुटवल महासङ्घ 
दक्षिण एशियाली राष्ट्रहरूवीच फुटवल खेललार्ई प्रोत्साहित गर्ने एवम फुटवल खेलको माध्यमवाट क्षेत्रीय सहयोगलार्ई प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ डिसेम्वर २६ मा सार्क फुटवल महासंघको  स्थापना गरिएको हो । यसमा सार्कका सबै सदस्य  राष्ट्रहरू सहभागी हुन्छन । यो प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गरिन्छ । यसमा प्रथम हुने देशलार्ई ५० हजार अमेरिकी डलर,दोस्रो हुने देशलाई २५ हजार अमेरिकी डलर,तेस्रो हुने देशलाई १५ हजार अमेरिकी डलर र चौथो हुने देशलाई १० हजार अमेरिकी डलर पुरस्कार स्वरुप प्रदान गरिन्छ ।
सार्क जापान विशेष कोष 
यस कोषको स्थापना सन् १९९३ सेप्टेम्वर २७ मा भएको हो । यस कोषलार्ई आवश्यक पर्ने रकम जापान सरकारले उपलब्ध गराउछ । सार्क क्षेत्रका आयोजना तथा कार्यक्रमलार्ई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले यस कोषको स्थापना भएको हो ।
सेभाक
**
दक्षिण एसियाली क्षेत्रमा बालबालिकामाथि हुने हिंसाविरुद्ध संयुक्त रुपमा कार्य गर्नका लागि स्थापना गरिएको संस्थाको नाम सेभाक (दक्षिण एसियाली प्रयास) हो ।
**
सार्क क्षेत्रका आठवटै देशहरु आफगानिस्तान, नेपाल, बंगालादेश, भुटान, पाकिस्तान, भारत, माल्दिभ्स र श्रीलंकाको अन्तक्षेत्रीय र अन्तरसरकारी संस्थाको रुपमा रहेको सेभाकले नागरिक समाजसंगको साझेदारीमा कार्य गर्दछ ।
**
सार्क क्षेत्रका बालबालीका विरुद्ध हुने सबै प्रकारको हिंसा, बेचविखन वा ओसारपसार तथा बालश्रम जस्ता विषयलार्ई केन्द्रविन्दुमा राखेर यसले आफ्ना अभियान र गतिविधि सञ्चालन गरिरहेको छ ।
**
यस संस्थाको स्थायी सचिवालय नेपालको काठमाडौंमा छ ।

सार्क सेवा व्यापार सम्झौता

        सार्क क्षेत्र भित्र लगानी र उत्पादनको अवसरलाई विस्तार गर्ने वस्तु तथा सेवा व्यापारको माध्यमबाट आर्थिक विकासको अवसर सिर्जना गर्ने, सार्क राष्ट्रहरुमा सेवा क्षेत्रको अर्थतन्त्रमा योगदान र यसको व्यापार पनि बढ्दै गइरहेको सन्दर्भमा आपसी फाइदा र समानताको आधारमा सदस्य राष्ट्रहरु बीच सेवा व्यापारलाई थप स्वतन्त्र बनाई यसको विकास र विस्तार गर्ने उद्देश्य राखेर भुटानमा अप्रिल २९, २०१० मा सम्पन्न सार्क शिखर सम्मेलनका अवसरमा सार्क सेवा व्यापार सम्वन्धी सम्झौता (SAARC Agreement on Trade in Services-SATIS) भएको थियो । सदस्य राष्ट्रहरुको आर्थिक विकासको स्तर, अर्थतन्त्रको आकार र देशको राष्ट्रिय नीतिसमेतलाई दृष्टिगत गरी यस क्षेत्र खुला गर्ने सम्वन्धमा सदस्य राष्ट्रहरुका बचनबद्धताहरु रहने प्रावधान छ । विशेष वचनद्धता सकारात्मक सूची request and offer  को सिद्धान्तमा गरिने व्यवस्था रहेको छ । यस सम्झौताको अल्प विकसित मुलुकहरुमा लागि विशेष र फरक व्यवहार अपनाउन सकिने पनि व्यवस्था गरेको छ । यस अन्तर्गत अल्पविकसित मुलुकहरुको कम क्षेत्र, कम किसिमको कारोबारलाई मात्र खुला गर्न र देशको विकासको अवस्थाको आधारमा क्रमिरुपमा बजार पहुँज दिनसक्ने गरी लचिलो प्रावधान राखिएको छ । Request and offer को आधारमा अल्पविकसित मुलुकहरुलाई विशेष छुट दिन सकिने, सेवा क्षेत्रको आपूर्ति सुधार, पूर्वाधार विकास, अध्ययन अनुसन्धान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न त्यस्ता मुलुकहरुलाई प्राविधिक सहयोग उपलब्ध गराइने व्यवस्था रहेको छ । 
सार्कको १८ औं शिखर सम्मेलन
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औं  शिखर सम्मेलन नेपालको राजधानी काठमाण्डौमा सन् २०१४ नोवेम्बर २६ देखि २७ सम्म (वि.सं २०७१ मंसिर १० र ११) भएको छ । आठ सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुको उपस्थितिमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले काठमाण्डौं स्थित राष्ट्रिय सभागृहमा शिखर सम्मेलन उद्घाटन तथा समापन गरेका हुन् । यस शिखर सम्मेलनका लागि  'Deeper Integration for Peace and Prosperity' (शान्ति र समृद्धि लागि गहिरो एकता) भन्ने नारा तय गरिएको थियो । यसअघिको १७ औं शिखर सम्मेलन सन् २०११ मा माल्दिभ्समा भएको थियो ।
१८औं सार्क शिखर सम्मेलनले गरेका महत्वपूर्ण निर्णयहरु
**
३६ बुँदे काठमाडौं घोषणापत्र जारी । (यस क्षेत्रका साझा समस्याको पहिचान गरी ती समस्याको समाधानका लागि गहन एकताका साथ अघि बढ्ने तथा सार्कलाई यस क्षेत्रका नागरिकको एक सहयोगी एवम् प्रभावकारी सङ्गठनका रुपमा अघि बढाउने प्रतिबद्धता सो घोषणापत्रमा व्यक्त भएको )
**
सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्य ढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको 
**
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १९औँ शिखर सम्मेलन सन् २०१६ मा पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने निर्णय । (तेस्रोपटक सार्क शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको पाकिस्तानमा यसअघि सन् १९८८ डिसेम्बर २९३१ मा चौथो र सन् २००४ जनवरी ४६ मा बाह्रौं शिखर सम्मेलन भएको थियो )
**
सार्कको  शिखर सम्मेलन प्रत्येक २÷२ वर्षमा आयोजना गर्ने निर्णय ।
**
सार्कका तीन क्षेत्रीय केन्द्र बन्द गर्ने र चारवटालाई वातावरण तथा विपद् व्यवस्थापन केन्द्रमा गाभेर नयाँ ढङ्गले सञ्चालन गर्ने निर्णय ।
**
सार्कका ११ वटा क्षेत्रीय केन्द्रमध्ये सूचना केन्द्र, मानव संशाधन केन्द्र र सार्क अभिलेख केन्द्र खारेज भएका छन् ।
**
वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु केन्द्र गरी चारवटालाई वातावरण तथा विपद् व्यवस्थापन केन्द्रमा गाभ्ने  निर्णय गरिएको छ ।
**
यसअघिका प्रतिवद्धता कार्यान्वयनमा जोड,
**
सचिवालयको स्तरोन्नति गरिने,
**
पर्यवेक्षकलाई क्षेत्रगत कार्यक्रम गर्न दिने ।
**
सन् २०१६ लाई सार्क सांस्कृतिक सम्पदा वर्ष घोषणा गरिएको ।

अठारौं शिखर सम्मेलनमा सहभागी सार्क पर्यवेक्षकहरु
१)अस्ट्रेलिया, २)जनगणतन्त्र चीन, ३)इस्लामिक गणतन्त्र इरान, ४)जापान, ५)गणतन्त्र कोरिया, ६)मौरिसस, ७)म्यान्मार, ८) संयुक्तराज्य अमेरिका र ९)युरोपियन युनियन ।
सार्कको १८ औं शिखर सम्मेलन
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औं  शिखर सम्मेलन नेपालको राजधानी काठमाण्डौमा सन् २०१४ नोवेम्बर २६ देखि २७ सम्म (वि.सं २०७१ मंसिर १० र ११) भएको छ । आठ सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुको उपस्थितिमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले काठमाण्डौं स्थित राष्ट्रिय सभागृहमा शिखर सम्मेलन उद्घाटन तथा समापन गरेका हुन् । यस शिखर सम्मेलनका लागि  'Deeper Integration for Peace and Prosperity' (शान्ति र समृद्धि लागि गहिरो एकता) भन्ने नारा तय गरिएको थियो । यसअघिको १७ औं शिखर सम्मेलन सन् २०११ मा माल्दिभ्समा भएको थियो ।
१८औं सार्क शिखर सम्मेलनले गरेका महत्वपूर्ण निर्णयहरु
**
३६ बुँदे काठमाडौं घोषणापत्र जारी । (यस क्षेत्रका साझा समस्याको पहिचान गरी ती समस्याको समाधानका लागि गहन एकताका साथ अघि बढ्ने तथा सार्कलाई यस क्षेत्रका नागरिकको एक सहयोगी एवम् प्रभावकारी सङ्गठनका रुपमा अघि बढाउने प्रतिबद्धता सो घोषणापत्रमा व्यक्त भएको )
**
सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्य ढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको 
**
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १९औँ शिखर सम्मेलन सन् २०१६ मा पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने निर्णय । (तेस्रोपटक सार्क शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको पाकिस्तानमा यसअघि सन् १९८८ डिसेम्बर २९३१ मा चौथो र सन् २००४ जनवरी ४६ मा बाह्रौं शिखर सम्मेलन भएको थियो )
**
सार्कको  शिखर सम्मेलन प्रत्येक २÷२ वर्षमा आयोजना गर्ने निर्णय ।
**
सार्कका तीन क्षेत्रीय केन्द्र बन्द गर्ने र चारवटालाई वातावरण तथा विपद् व्यवस्थापन केन्द्रमा गाभेर नयाँ ढङ्गले सञ्चालन गर्ने निर्णय ।
**
सार्कका ११ वटा क्षेत्रीय केन्द्रमध्ये सूचना केन्द्र, मानव संशाधन केन्द्र र सार्क अभिलेख केन्द्र खारेज भएका छन् ।
**
वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु केन्द्र गरी चारवटालाई वातावरण तथा विपद् व्यवस्थापन केन्द्रमा गाभ्ने  निर्णय गरिएको छ ।
**
यसअघिका प्रतिवद्धता कार्यान्वयनमा जोड,
**
सचिवालयको स्तरोन्नति गरिने,
**
पर्यवेक्षकलाई क्षेत्रगत कार्यक्रम गर्न दिने ।
**
सन् २०१६ लाई सार्क सांस्कृतिक सम्पदा वर्ष घोषणा गरिएको ।

अठारौं शिखर सम्मेलनमा सहभागी सार्क पर्यवेक्षकहरु
१)अस्ट्रेलिया, २)जनगणतन्त्र चीन, ३)इस्लामिक गणतन्त्र इरान, ४)जापान, ५)गणतन्त्र कोरिया, ६)मौरिसस, ७)म्यान्मार, ८) संयुक्तराज्य अमेरिका र ९)युरोपियन युनियन ।
सार्कका अंगहरु
सार्कका प्रमुख अंगहरु
** राष्ट्र / सरकार प्रमुखहरुको वैठक /शिखर सम्मेलन
** मन्त्रिपरिषद वैठक
** स्थायी समिति
** प्राविधिक समितिहरु
** सार्क सचिवालय
राष्ट्र / सरकार प्रमुखहरुको वैठक /शिखर सम्मेलन
सार्क मन्त्रिपरिषदले गरेको निर्णयलाई अन्तिम रुप दिने सर्वोच्च अङ्ग जसमा सार्क राष्ट्रका राज्य तथा सरकार प्रमुखहरुको उपस्थिति हुने गर्दछ यो नै शिखर सम्मेलन हो । वर्षको एकपटक वा सदस्य राष्ट्रले आवश्यक ठानेमा एकपटक भन्दा वढी पटक पनि बस्न सक्ने शिखर सम्मेलन हाल सम्ममा १७ पटक भै सकेको छ र अठारौं शिखर सम्मेलन नेपालमा हुँदैछ । सार्क शिखर सम्मेलनमा राजा विरेन्द्र ४ पटक र प्र.म गिरिजा प्रसाद कोइराला ५ पटकसम्म सहभागी हुने राष्ट्र प्रमुख तथा सरकार प्रमुख हुन् भने प्रधानमन्त्री भएर पनि शिखर सम्मेलनमा भाग लिने अवसर नपाएका व्यक्तिहरु पुष्पकमल दाहाल र झलनाथ खनाल हुन् ।
मन्त्रिपरिषद वैठक
सार्क वडापत्रको धारा ४ मा व्यवस्थित सार्क राष्ट्रको परराष्ट्र मन्त्रीहरु रहने सार्कको नीति निर्देशक अङ्ग सार्क मन्त्रिपरिषदको बैठक वर्षमा २ पटक बस्छ । सार्कको वडापत्रमा उल्लेखित सार्क मन्त्रिपरिषदका काम यस प्रकार छनः
संगठनको नीति निर्धारण गर्ने,
संगठन अन्तर्गत हुने सहयोगको प्रगतिको पुनरावलोकन
सहयोगका नयाँ क्षेत्रहरुको निर्धारण
आवश्यक परेको अवस्थामा संगठन अन्तर्गत अतिरिक्त इकाई स्थापना र 
संगठनका सामान्य हितका विषयमा निर्णय

स्थायी समिति
सार्क राष्ट्रका परराष्ट्र सचिवहरु रहने सार्क स्थायी समितिको बैठक आवश्यकता अनुसार जुनसुकै समयमा बस्ने व्यवस्था वडापत्रले गरेको छ । सार्क बडापत्रको धारा ५ मा उल्लेखित सार्क स्थायी समितिका काम निम्न छन :
** सहयोग कार्यक्रमको समष्टिगत समन्वय र रेखदेख
** आयोजना तथा कार्यक्रमहरुको स्वीकृति तथा तिनीहरुको वित्त प्रणालीको निर्धारण
** अन्तरविभागीय विषयहरुको प्राथमिकता निर्धारण
** क्षेत्रीय तथा बाह्रय स्रोतहरुको परिचालन
** निर्दिष्ट अध्ययनमा आधारित नयाँ सहयोगका क्षेत्रहरुको पहिचान

प्राविधिक समितिहरु
सार्क सबै सदस्य राष्ट्रका प्रतिनिधिहरु सम्मिलित प्राविधिक समितिले आ आफनो क्षेत्रमा सञ्चालन हुने  कार्यक्रमहरुको कार्यान्वयन ,समन्वय र रेखदेख गर्ने काम गर्दछन । सार्क वडापत्रको धारा ६ मा उल्लेखित सार्क प्राविधिक समितिका काम निम्न छन :
** स्वीकृत क्षेत्रहरुमा क्षेत्रीय सहयोगको सक्षमता र सम्भावना निर्धारण
** कार्यक्रमहरुको तर्जुमा र आयोजनाको तयारी
** विभागीय कार्यक्रमहरुको वित्तीय लागत व्यवस्था निर्धारण
** लागतको विभाजन सम्वन्धी निर्धारण र सिफारिस
** विभागिय कार्यक्रमहरुको कार्यान्वयन तथा समन्वय
** कार्यान्वयनको प्रगतिको अवलोकन तथा रेखदेख

सार्क सचिवालय

सार्कको प्रमुख प्रशासकीय अंगको रुपमा रहने गरी व्यवस्थित सार्क सचिवालयमा १ महासचिव सार्क सदस्य राष्ट्रका एक एक जना निर्देशक र अन्य कर्मचारीहरु रहने गर्दछन । सार्क सदस्य राष्ट्रबाट पालैपालो वर्णानुक्रमनुसार एक जना महासचिव ३ वर्षका लागि नियुक्त हुन्छन । नेपालको राजधानी काठमाण्डौं स्थित ठमेलको त्रिदेवी मार्गमा रहेको सचिवालय नेपालमा रहेन गरी स्थापना गर्ने सहमति सार्कको दोस्रो शिखर सम्मेलनले गरेको हो । यस सचिवायलको उदघाटन स्वर्गीय राजा वीरेन्द्र बाट सन् १९८७ जनवरी १६ (२०४३ माघ २ गते) भएको थियो । सचिवालयको प्रशासकीय प्रमुख महासचिवको कार्यकाल शुरुमा २ वर्षको मात्र भएपनि नवौँ शिखर सम्मेलन देखि ३ वर्ष बनाइएको हो ।
सार्कका उद्धेश्यहरु
क) दक्षिण एसियाका जनताहरुको हितलाई अभिवृद्धि गर्ने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउनु,
ख) यस क्षेत्रको आर्थिक वृद्धि ,सामाजिक उन्नति तथा सामाजिक विकासलाई दु्रततर पार्ने (अभिवृद्धि गर्ने) तथा सबै व्यक्तिलाई उनीहरुको पूर्ण सार्थकता महसुस गर्नका लागि सम्मानपूर्वक बस्न अवसर प्रदान गर्नु,
ग) दक्षिण एसियाका राष्ट्र ÷मुलुकहरुबीच सामुहिक आत्मनिर्भरताको सम्बर्द्धन र विस्तार गर्नु,
घ) एक अर्काको समस्याप्रति पारस्परिक विश्वास र साझेदारी बढाउनु तथा मूल्याङकन गर्नु,
ङ) आर्थिक ,सामाजिक ,सांस्कृतिक ,प्राविधिक तथा वैज्ञानिक क्षेत्रहरुमा सक्रिय सहभागिता र पारस्परिक सहयोगको अभिवृद्धि गर्नु
च) अन्य विकासशील देशहरुसँगको सहयोगलाई दरिलो पार्नु,
च) साझा हितका विषयहरुमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आपसमा गर्नुपर्ने सहयोगलाई बलियो पार्नु र 
ज) समान लक्ष्य र उद्देश्यहरु भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरुसँग सहयोग कायम गर्नु ।

सार्कका सिद्धान्तहरु

क) सङ्गठनको ढाँचाभित्र गरिने सहयोग एकअर्काको सार्वभौम समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप र पारस्परिक हितका सिद्धान्तको सम्मानमा आधारित हुनेछ ।
ख) यस्तो सहयोग द्धिपक्षीय तथा बहुपक्षीय सहयोगको बदलामा नभई त्यसको पूरकको रुपमा हुनेछ ।
ग) यस्तो सहयोग द्धिपक्षीय तथा बहुपक्षीय दायित्वको उद्देश्य विपरीत हुनेछैन ।

सार्कको १७ औंँ शिखर सम्मेलन

सार्कको १७ औंँ शिखर सम्मेलन माल्दिभ्सको अड्डु एटलमा २०११ नोभेम्बर,१०-११ (२०६८ कार्तिक २४-२५)मा सम्पन्न भएको थियो । २० बुँदे घोषणापत्र जारी गरेको यस शिखर सम्मेलनको अध्यक्षता माल्दिभ्सका राष्ट्रपति मोहम्मद नसिदले गरेका थिए । पहिलो पटक यस शिखर सम्मेलनमा पर्यवेक्षक समेतलाई बोल्ने अवसर दिइएको थियो ।
विल्डिङ्ग व्रिजेज नारा सहितको यस शिखर सम्मेलनमा हस्ताक्षर भएका नयाँ ४ सहमतिहरु यस प्रकार छनः
--  
प्राकृतिक प्रकोपका लागि तत्काल उद्धार गर्ने सहमति,
--  
औंद्योगिक उत्पादनमा एकरुपता ल्याउन मूल्याङ्कनका लागि बहुपक्षीय व्यवस्था,
--  
क्षेत्रीय मानक कार्यन्वयन,
--  
सार्क विज बैंक स्थापना,
नेपालस्थित सार्कका कार्यालयहरु
१) सार्क सचिवालय ( काठमाण्डौ )
२) सार्क सभामुख तथा संसद सङघको कार्यालय  (काठमाण्डौ)
३)सार्क क्षयरोग तथा HIV/AIDS केन्द्र  ( भक्तपुर)
४) सार्क औलो रोग उन्मुलन केन्द्र
५) सार्क सांस्कृतिक महासङघको  कार्यालय
६) सार्क आर्थिक सङ्घको कार्यालय
७) सार्क कोषको कार्यालय

सार्कका पर्यवेक्षक राष्ट्रहरु तथा सहयोगका क्षेत्रहरु

सार्कका पर्यवेक्षक राष्ट्रहरु
१) अष्ट्रेलिया २) म्यानमार ३) चीन ४) संयुक्त राज्य अमेरिका ५) इरान ६) मौरिसस् ७) दक्षिण कोरिया ८) जापान ९) युरोपेली संघ
सार्क सहयोगका क्षेत्रहरु
१. कृषि तथा ग्रामीण विकास
२. जैविक प्रविधि
३. संस्कृति
४. आर्थिक गतिविधि तथा व्यापार
५. शिक्षा
६. उर्जा
७. वातावरण
८. वित्त
९. संस्थागत कार्य
१०. सूचना,सञ्चार तथा प्रशारण
११. जनसम्पर्क
१२. गरिवी निवारण
१३. विज्ञान तथा प्रविधि
१४. सुरक्षा
१५. सामाजिक विकास
१६. पर्यटन
सार्क अवार्ड
सार्क अवार्डको स्थापना सन् २००४ January मा पाकिस्तानको इस्लामावादमा भएको हो । सार्क को १२औ शिखर सम्मेलनले यसको स्थापना गर्ने निर्णय गरेको हो ।सार्क अवार्ड को राशि २५ हजार डलर र प्रमाणपत्र र गोल्ड मेडल राखिएको छ । स्थापना पश्चात सार्क अवार्ड पाउने एक मात्र व्यक्ति बङलादेशका स्व.राष्ट्रपति जियाउर रहमान हुन् । यो अवार्ड सार्क क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गरिन्छ ।
दक्षिण एशियाली साहित्यिक पुरस्कार ( DSC ) 
दक्षिण एशियाली साहित्यिक पुरस्कार ( म्क्ऋ ) को स्थापना सन् २०११ मा भएको हो । यसको को राशि ५० हजार अमेरिकि डलर छ । सर्वप्रथम म्क्ऋ साहित्यिक पुरस्कार पा्रप्त गर्ने व्यक्ति होम ब्वायका लागि भारतीय लेखक एच.एम. नक्भि हुन् भने सन् २०१३मा भारतीय लेखक जित थाइलाइ नार्कोपोलिस कृतिका लागि प्रदान गरिएको  थियो ।
यस अवार्डको स्थापना सन् १९९६मा भएको हो । यो अवार्डका लागि सार्क क्षेत्रमा उत्कृष्ट कार्य गरेका २५-३५ वर्षभित्रका व्यक्तिलाई चयन गरिन्छ । यसको राशि अमेरिकी डलर ३०००, गोल्डमेडलर प्रमाणपत्र छ ।